🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लागूऔषध मुद्दा ब्यू”ताउ”दै प्रहरी

काठमाडौं । ठूलो परिमाणमा प्रिकर्सर रसायन (सिउडोइफेड्रिन) अन्तर्राष्ट्रिय लागूऔषध तस्करलाई बिक्री गर्ने पूर्वसभासद् मधुसूदन अग्रवाल, पवन संघाई र रतन संघाई लगायतको मुद्दा कमजोर बनाई पेश गरेकोबारेमा नेपाल प्रहरीले पनि गोप्यरुपमा छानबिन सुरु गरेको खबर छ । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले औषधि बनाउन आयात गरेको ३ हजार ५ किलो प्रिकर्सर रसायन (सिउडोइफेड्रिन) अन्तर्राष्ट्रय लागूऔषध तस्करलाई बिक्री गरेको आरोप पूर्वसभाषद् अग्रवाल र संघाईमाथि लगाएको थियो । प्रहरी र सरकारी वकिलले मुद्दा नै कमजोर बनाएर पेश गरेका कारण अग्रवाल र संघाईहरूले मुक्ति पाएका थिए । प्रहरीले कमजोर बनाएर पेश गरेको मुद्दा सरकारी वकिलले फिर्ता गर्नुपर्नेमा नगरेको भन्दै महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले लागूऔषध प्रकरणमा सहन्यायाधीवक्ता डा. टेकबहादुर घिमिरे र दयाशंकर अधिकारीलाई निलम्बन गरेका थिए । उक्त मुद्दामा ठूलो आर्थिक चलखेलमा अग्रवालको कम्पनी आर्या फर्मामा कार्यरत भाइ सञ्जय अग्रवाल र षडानन्द शर्मालाई मात्रै मुद्दा चलाएर अरूलाई उन्मुक्ति दिएपछि ब्यापक विवाद हु“दैआएको छ । लागूऔषध ब्यूरोका प्रमुख डीआइजी जयबहादुर चन्दको कमाण्डमा सिउडोइफेड्रिन सहित रतन संघाईलगायतका ब्यक्ति पक्राउ परेका थिए । तर प्रहरीले मुद्दा कमजोर बनाएर पेश गरेका कारण अदालतबाट अग्रवाल र संघाईहरूले उन्मुक्ति पाएको बिषय ब्यापक रुपमा उठेपछि प्रहरीले छानबिन सुरु गरेको छ । आइजीपी प्रकाश अर्यालले एसएसपी धिरु बस्नेतलाई एक महिनाअघि छानबिन गर्न खटाएका थिए ।  आइजीपी प्रकाश अर्यालले सचिवालयका अधिकृतहरूलाई समेत लागूऔषध प्रकरणको छानबिन गर्न खटाएको प्रहरी स्रोतले बताएको छ ।  डीआइजी जयबहादुर चन्दलाई तह लगाउन र आफ्नो  कार्यकाल सुरक्षित बनाउन आइजीपी प्रकाश अर्यालले स्यूडो प्रकरणमा छानबिन गर्न लगाएको चर्चा प्रहरीमा छ । आइजीपी भएपछि संगठनभित्रै कुनै प्रभाविलो काम गर्न नसकेका प्रकाश अर्याल जयबहादुर चन्द र नवराज सिलवाल दुवैलाई पन्छाउने हिसाबले अगाडि बढेका छन् । हेर्दाहेर्दैमा रहेको सिलवालको मुद्दामा बेन्च फुटाउनेदेखि अरु किसिमका खेल जारी छन् ।   यसबीचमा सात सदस्यीय बेन्चमा रहेका देवेन्द्रगोपाल श्रेष्ठ र जगदीश शर्मा पौडेल अवकाश भइसकेका छन् । अब चन्दलाई पन्छाउन उनले लागूऔषध स्यूडो प्रकरण उछाल्न खोजेको स्रँेतको दावी छ । आइजीपीको निर्देशनमा एसएसपी बस्नेत टोलीले लागूऔषध ब्यूरोले पेश गरेको संघाई र अग्रवालको फाइल अध्ययन गरिरहेको छ । डीआइजी चन्द र अर्यालबीच आधा आधा समय आइजीपी भागबण्डा गर्नेगरी शेरवहादुर देउवा, रमेश लेखकलगायत बसेर सहमति गरेको कुरा सा“घु साप्ताहिकले नै बाहिर ल्याइसकेको हो । तर पदमा पुगेपछि अर्यालले चन्दलाई आधा समय आइजीपी पद दिने त होइन, लागूऔषध प्रकरणमा छानबिन गर्न गोप्य टोली खटाएर पन्छाउन खोजेको भन्दै अहिले दुवैको सम्बन्ध बिग्रिएको समाचार छ । सिलवाललाई आउन नदिन चन्दले अर्याललाई आइजीपी बनाउन सहयोग गरे पनि पछिल्लो समय उनको नियत थाहा पाएपछि डीआइजी चन्द हेडक्वाटर नै जान छाडेको प्रहरी स्रोतले बताएको छ । 

यसैबीच, प्रहरीले पवन संघाई फरार भन्दैआएको छ । तर उनी हाल काठमाडौंमा रहेको पत्तो पाए पनि उनलाई पक्राउ गरेको छैन ।