🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चिनिया विशाल टेलिस्कोपको रहस्य

 चीनमा बनाइएको यो विशाल टेलिस्कोपले एलियनको समेत खोजी गर्न सक्ने दावी गरिएको छ । चीनले सन् २०१६ मा अपार्चर स्फेरिकल रेडियो टेलिस्कोप चालु गरेको थियो जुन विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप हो । यो विभिन्न आकाशगंगा र ग्रहहरुको जीवनको खोजी गर्न सक्षम छ । त्यसैकारण यसलाई एलियन खोजी गर्ने टेलिस्कोप पनि भनिन्छ । यसमा ४४५० वटा त्रिकोणाकार प्यानल लगाइएको छ जसको लम्बाई ३६ फिट रहेको छ । यो टेलिस्कोप निर्माण गर्न करीब २० अर्ब लगानी गरिएको बताइन्छ । यसको आकार ३० वटा फुटबल मैदान बराबर छ । सन् २०११ मा निर्माण सुरु गरिएर सन् २०१७ मा सम्पन्न गरिएको थियो । हावा, बादलको आवाजको बीच पनि यसले सानातिना आवाजलाई समात्न सक्दछ । चीनको गुझाउ प्रान्तको दक्षिण पश्चिम पहाडमा यो प्रोजेक्ट सञ्चालनमा छ । यसरी निर्माण गरिएको टेलिस्कोप प्रोजेक्टले सन् २०१६ सेप्टेम्बर सम्म ९११० जनालाई विस्थापित गरिसकिएको छ । विद्युत चुम्बकीय तरंगले असर नगरोस् भनेर यसरी विस्थापित गरिएको थियो ।