🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आधिकारिक ट्रेड युनियनको कार्यकाल सकिंदै : ढकाल पद मुक्त ? 

काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको कार्यकाल अब ठ्याक्कै दुई महिनापछि आगामी २०७७ जेठ १९ मा पूरा हुँदैछ । २०७२ जेठ १९ मा आधिकारिक ट्रेड युनियनको निर्वाचन भएको थियो । आधिकारिक ट्रेड युनियनको ४ बर्षे कार्यकाल सकिनु ४ महिनाअघि नै २०७६ माघमा नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियन संघले निर्वाचनको माग गरिसकेको छ । 

त्यसैगरी आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल उपसचिव बढुवा भएका छन् । निजामती कर्मचारी ऐनमा उपसचिव भइसकेपछि ट्रेड युनियनको सदस्य हुन पाइदैन । ढकाल उपसचिव बढुवा भए पनि नियुक्तिपत्र नबुझेकाले अध्यक्षमा कायमै रहेको तर्क गरिरहेका छन् । तर, लोकसेवा आयोगबाट उनी उपसचिव बढुवा भएको सूचना निस्कनासाथ उनी आधिकारिक ट्रेड युनियनको अध्यक्ष हुन योग्य नहुनुपर्ने निजामती कर्मचारी संगठनका एक नेताले बताएका छन् । उनी उपसचिव बढुवा भएपछि आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेल स्वतः कार्यवाहक अध्यक्ष हुनेछन् । ढकाल उपसचिव बढुवा हुने र आफू नै कार्यवाहक हुन पाउने भएकाले उनी त्यतिबेला उपाध्यक्ष हुन पनि राजी भएको चर्चा भएको थियो  ।

आधिकारिक ट्र«ेड युनियनको निर्वाचन जितिसकेपछि निजामती कर्मचारी संगठनको बहुमत पोखरेललाई अध्ययक्ष बनाउने पक्षमा थियो । लामो समय आधिकारिक ट्रेड युनियनको नेतृत्व चयन नभएपछि पोखरे्ल ढकाललाई अध्यक्ष मानेर जान तयार भएका थिए । 

नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियन संघले चुनाव मागेपछि आधिकारिक ट्रेड युनियनको गएको फागुन ५ मा बसेको बैठकले महासचिव सुबोधकुमार देवकोटाको अध्यक्षतामा कोषाध्यक्ष सिन्धु पाण्डे, निजामती कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, निजामती कर्मचारी युनियन संघका महासचिव सुवास कोइराला र साविक राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अम्बादत्त भट्टको ५ सदस्यीय कमिटी बनाउने निर्णय गरेको थियो ।  

 देवकोटा नेतृत्वको कमिटीलाई आधिकारिक ट्रेड युनियनको निर्वाचन २०७७ जेठ १८ भित्रै गर्नेगरी जिम्मेवारी दिइएको अध्यक्ष ढकालले बताए । अध्यक्ष ढकाल उपसचिव बढुवा भएको सूचना ४५ दिन अघि नै लोकसेवा आयोगले  सार्वजनिक  गरेको थियो । तर उनले २०७६ चैत ९ सम्म नियुक्ति नबझुेको प्रतिक्रिया दिएका छन् । 

आधिकारिक ट्रेड युनियन निर्वाचन गर्न देवकोटाको अध्यक्षतामा कमिटी गठन गरिसकेपछि अब नभएमा सबै दोष उनकै टाउकोमा जानेछ । कमिटीका संयोजक देवकोटा नै भएकाले चुनाव नभएमा उनी नै दोषको भागिदार हुनेछन् । त्यसमा पनि कोरोनाको प्रकोपले गर्दा निर्वाचन गर्ने नगर्नेबारे अन्यौल छ । कोरोनाको संक्रमण रहिरहेमा आधिकारिक ट्रेड युनियनको मात्र होइन, कुनै पनि भेला वा बैठक हुने संभावना छैन । चुनाव नभएमा २०७७ जेठ १९ पनि आधिकारिक ट्रेड युनियनको बैधता समाप्त हुनेछ ।