🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निजामती र शिक्षा सेवाको यो रडा”को †

हो, निजामतीमा प्रशासन सेवा हावी छ । अन्य सेवा आफ्नो मातहतमा राख्न प्रशासन सेवा हरप्रयत्न गर्दछ । यसै सन्दर्भमा शिक्षा सेवाका २८ उपसचिवलाई शिक्षा मन्त्रालयले स्थानीय तहमा काजमा खटाएको पत्र हुलाकबाट केही दिन अघिमात्र पठाएको थियो । कतिपयले पत्र बुझिसकेका छन् र कतिपयको पत्र बाटामा जा“दैछ । स्थानीय तहमा कार्यकारी प्रमुख नभइ अब गठन हुने शिक्षाको इकाइको जिम्मेवारी दिइएको छ । शिक्षासेवाका कर्मचारीहरूको व्यापक दवावका कारण यसरी पठाइएको पत्र पुनः फिर्ता गर्नपर्ने अवस्था सिर्जना भएको मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले दिनुभएको छ । पत्र फिर्ता नगरिए आन्दोलनको आ“धीबेहरी सिर्जना गर्ने चेतावनी कर्मचारीहरूले दिइरहेका पनि छन् ।

शिक्षा सेवाका कर्मचारीहरूको माग स्पष्ट नै रहेको देखियो । जता पठाए पनि जान्छौं, तर कनिष्ठका मातहतमा हामीहरू जान्नौ भन्ने माग अतिशयोक्ति होइन होला भन्ने लाग्छ । कतिपय स्थानीय निकायमा प्रशासन सेवाका शाखा अधिकृतलाई निमित्त कार्यकारी प्रमुख बनाइएको छ र त्यहा“ अन्य सेवाका उपसचिवलाई पठाउन खोज्नुको तर्क र चाहना प्रष्ट हु“दै गएको छ । हुन त शिक्षाका कतिपय उपसचिवहरू गृह जिल्ला छाड्न नचाहने पनि छन् र उनीहरू कनिष्ठको मातहतलाई खुशीसाथ स्वीकार गर्न पनि चाहिरहेका छन् । शिक्षा सेवा र प्रशासन सेवाबीचको यो गलफत्तीलाई तत्काल समाधान गर्नु आवश्यक छ । दुर्घटनामा दुवै सेवा नपरून् भन्ने नै हो । अस्तु ।                –प्रकृति अधिकारी