🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मेराेविरूद्ध लेख्नेलाई मिटरव्याजमा पैसा चलाएको पुष्टि गर्न चुनौती दिन्छु

 साँघु साप्ताहिक र साँघु अनलाइनमा २०७७ पुस १३ गते सोमबार 'प्रहरीका अर्बपति सई सा’ब' शीर्षकमा मेरो तस्बिर समेत राखेर प्रकाशित गरिएको समाचारले मेरो मान, प्रतिष्ठा र अहिलेसम्म कमाएको ख्यातीमा ठूलो असर परेको जानकारी गराउँदछु। दुषित मनसायले निराधार, झुट तथा काल्पनिक कथा रचेर मेरो सामाजिक प्रतिष्ठालाई बदनाम गर्ने उद्देश्यले नियोजित रुपमा प्रकाशित गरिएको सो समाचारप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ। 

 साँघुमा प्रकाशित सो समाचार प्रकाशित गर्नु अघि पत्रकारिताको सामान्य आचारसंहिताको समेत ख्याल गरेको देखिदैन। कुनै पनि समाचार प्रकाशित गर्नु अघि सम्बन्धित पक्षलाई सम्पर्क गरेर प्रकाशित गर्नुपर्दछ भनेर प्रेस काउन्सिलकै आचारसंहितामा उल्लेख गरेको पाईन्छ। र, हामीले बुझेको पनि त्यही हो। तर, एउटा व्यक्तिगत रुपमा कसैलाई बदनाम गर्ने विशुद्ध उद्देश्यले मात्र समाचार प्रकाशित गरिएको छ।

यो प्रेस काउन्सिलको कुन आचारसंहिताको दफा भित्र पर्दछ ? ३० वर्षअघि म नेपाल प्रहरीमा चार वर्ष नोकरी गरेर राजीनामा दिई रोजगारीका लागि जापान गएको थिएँ । मैले ८ बर्षसम्म जापानमा बसेर कमाएको पैसाले विदेशमा आयात/निर्यातदेखि नेपालमा रियल स्टेट तथा अन्य व्यबसाय पनि गर्दै आएको छु। नेपाल सरकारलाई कर बुझाएर म राज्यको कानुनभित्र बसेर काम गर्दै आएको छु।

  म नेपाल व्याडमिन्टन संघको उपाध्यक्षका साथै समाज सेवाको काममा पनि सक्रिय भएर लागेको व्यक्ति हुँ। मैले बुझे अनुसार, मेरो बारेमा जसले काल्पनिक कथा रचेर साँघु सम्वाददाताले  समाचार लेखेको छ, ती व्यक्तिले मेरै दानापानी खाएर समाचार लेखेका हुन्। जुन कुराको म पुष्टि गर्न सक्छु। के मैले पदबाट राजीनामा दिएर नेपालको संविधान र कानुन अनुसार व्यापार व्यवसाय गर्न पाउँदिन ? 

 समाचारमा मलाई नेपाल प्रहरीका पूर्व आईजीपीदेखि डीआईजीसम्मलाई जोडेर मैले मिटरव्याजमा उनीहरुको पैसा चलाएको र डलरको कारोबार गरेको उल्लेख गरिएको छ। समाचार लेख्नेलाई  मैले मिटरव्याजमा पैसा चलाएको र डलरको कारोबार गरेको पुष्टि गर्न चुनौती दिन्छु। के अब मैले समाचार लेख्नेलाई पनि सामाजिक सन्जालमा काल्पनिक कथा रचेर सोही शैलीमा समाचार बनाएर पोस्ट गर्नु पर्ने हो ?

 मैले पनि राज्यको निकायबाट समाचार लेख्नेको सम्पत्ति विवरण निकालेर मनपरी पोस्ट गरे भने मलाई त नियम कानुन सिकाएर पक्कै पनि अर्को समाचार बनाउनुहुन्छ होला। म पीत पत्रकारितालाई प्रोत्साहित गरेर पक्कै पनि त्यस्ता कुराहरु पोस्ट गर्दिन।

बिनाकारण मेरो व्यतिगत सम्पत्ति विवरण मिडियामा प्रकाशित गर्नु गोपनियताको हक उल्लङ्घन गर्नु हो कि होइन ? मैले को व्यक्तिलाई पीडित बनाएर सम्पत्ति कमाए ? समाचार प्रकाशित गर्नु अघि वास्तविकता बुझेर मात्रै प्रकाशित गरियाेस्। काल्पनिक कथा रचेर मेरो व्यतिगत चरित्रहत्या गर्ने गरी प्रकाशित गरिएको  निराधार समाचारकाे खण्डन गर्दछु । 

मिनबहादुर केसी, काठमाडौं।  

मिति: २०७७/१०/०१