सुन्दर , प्राकृतिक स्थलहरु, जैविक विविधता, अपार जलश्रोत, विश्वको दुई ठूलो अर्थतन्त्र बिचको राष्ट्र हाम्रो देश । राजनीतिक प्रतिशोध नभएको भए , प्रशासकीय इमानदारिता भएको भए र सबै नागरिकले आ–आफ्नो दायित्व जिम्मेवारीपूर्वक निर्वाह गरेको भए हाम्रो देश १० वर्षमा कहा“ पुग्ने थियो होला । हामीमा शैक्षिक योग्यता, कार्य अनुभव, विषयगत विशेषज्ञता मात्र भएर नपुग्ने रहेछ हाम्रो देशमा । यस्तै एउटा दृष्टान्ट हालै अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा देखिएको छ ।
नेपाल पर्वतारोहण संघले नै आर्थिक लगानी गरी संघकै कर्मचारीलाई लुुम्विनी विश्वविद्यालयमा म्यूजियोलोजिष्टमा स्नातकोत्तर पढ्न लगाउने अनि कोरोनाको बहानामा आर्थिक अभावका कारण तिनै कर्मचारी निस्काशित हुने । यदि संघमा आर्थिक अभाव भएको भए संघकै केन्द्रीय कार्यालय काठमाडौंमा विना काम मासिक १ लाख तलब प्रदान गरी प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दैन थियो होला । संघमा आर्थिक श्रोतको कमी भएको भए सबै भन्दा पहिला करारमा कार्यरत कर्मचारीहरुलाई व्यवस्थापन गरी तत्पश्चात स्थायी कर्मचारीहरुको क्रमिक व्यवस्थापन गर्ने परिपाटी रहेको रहन्छ ।
यहा“ त करारमा कार्यरत कर्मचारीहरुलाई कोभिडको समयमा विना काम घर घरसम्म तलब पु¥याउने व्यवस्था भयो । कोभिडकै बहानामा व्यक्तिगत प्रतिशोधका आधारमा भएका कर्मचारी निस्कासित गर्ने अनि करारमा कार्यरत कर्मचारीहरु अप्सरा पौडेल –पूर्व पर्यटन मन्त्री स्व. रविन्द अधिकारीका बहिनी, विष्णु देवकोटा—पूर्व सचिव कृष्ण प्रसाद देवकोटाका बहिनी, पूजा लामा– वर्तमान अध्यक्ष सन्तवीर लामाकी बहिनीलाई संग्रहालय बन्द रहेको अवस्थामा पनि तलब खुलाउने कल्याणकारी काम भएको छ ।
केन्द्रीय कार्यालयमा महासचिवको छोरी, पर्वतारोहण प्रशिक्षण समितिका सदस्यका श्रीमतीलाई इन्र्टनको रुपमा जागिर खुवाउने काम पनि सम्पन्न भएको छ । यदि यस्तै नै गर्नु छ भने ती चार जना कर्मचारी निस्कासित गर्नु पर्नाको कारण के हो ? राजनीतिक र व्यक्तिगत प्रतिशोध नभए के ? यसैको निरन्तरता अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा निर्मला न्यौपानेले संग्रहालयमा कार्यकारी निर्देशकको रुपमा प्रवेश पाउने भएको छ । निज न्यौपाने पोखरा ट्याक्सी व्यवसायी संघका लेखापालको रुपमा कार्य गर्दै आएको र ने क पा (माओवादी) को पोखरा जिल्ला सदस्य रहेको छ ।
उहा“ले अहिले गर्दै आएको पेशालाई सम्मान गर्दै पोखराको पर्यटनमा संग्रहालयले खेल्न सक्ने भूमिका र महत्वलाई उहाँले सार्थकता प्रदान गर्न सक्नु हुन्छ त ? यदि न्यौपाने कार्यकारी निर्देशकका लागि योग्य हुने हो भने म्यूजियोलोजिष्टमा स्नात्तोत्तर गरेका संग्रहालयकै कर्मचारी किन अयोग्य ? ती कर्मचारी किन संग्रहालयमा आवश्यक नभएको ? यस पदका लागि प्रकाशित विज्ञापनबाट नै न्यौपानेलाई लक्षित गरी तयार भएको प्रष्ट हुन्छ । उक्त विज्ञापनमा कार्यकारी निर्देशक जस्तो पदको लागि तयार गरिएको कार्य अनुभव अध्ययन गरे पुग्छ ।
शायद अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय नै विश्वको एक मात्र यस्तो संग्रहालय होला जहाँ म्यूजियोलोजिष्टमा स्नातकोत्तर कर्मचारी विना कारण निकालिन्छ अनि ट्याक्सी व्यवसायी संघका लेखापाललाई संग्रहालय संचालनको जिम्मा दिइन्छ । एउटा पार्टीको सदस्यता भए पुग्ने रहेछ । न पर्यटन सम्वन्धि अनुभव न त संग्रहालयमा नै काम गरेको अनुभव । कस्तो अप्राकृतिक र विदम्वनापूर्ण नियुक्त । नियुक्त हुने कार्यकारी निर्देशकले कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीमा आफ्नो परिचय, कार्य अनुभव पेश गर्न पनि दश पटक सोच्नु हुन्छ होला ।
अनि पदाधिकारी भनाउँदाहरु लाजको हाँसोलाई ङिच्च दाँत देखाएर छोप्ने कोशिश गर्ने होला । संघको इतिहासमा नै यस्तो किसिमको राजनीतिक हस्तक्षेप भएको थिएन होला । केन्द्रीय कार्यालयमा एमालेका कायकर्ता प्रमुख कार्यकारी अधिकृत, रिसेप्सनमा कांग्रेसका कार्यकर्ता र स्रग्रहालयमा माओवादी कार्यकर्ता ! वाह !!
कस्तो दलीय संयोजन र भागबन्दा । कार्य समितिमा मजदुर नेता भनाउँदाहरुमा अलितकति मात्र इमान, धरम र नैतिकता बाँकि भए आफ्नो कार्यकालमा संघको इतिहासमा सबैभन्दा बढी ८ जना कर्मचारी बेरोजगार भएकोले आगामी दिनमा मजदुरको नाममा आफ्नो दुनो सोझ्याउने काम नगरेको राम्रो ।
आरोहीहरु भने सिजनमा हामी हिमालतिर भएको बेला के के निर्णय भएछ थाहा नै भएन भन्दै व्यस्त छन् । वर्तमान कार्य समितिले आफ्नो ३ वर्षे कार्यकालमा गरेको नीतिगत र आर्थिक भ्रस्टाचार ढाकछोप गर्नको लागि यस प्रकारको नियुक्ति दिइएको प्रष्ट छ ।
संग्रहलयमा रहेको रेष्टुरेन्ट संचालनमा नीतिगत भ्रष्टाचार, संग्रहालयमा विभिन्न निर्माण कार्यहरुमा भएको भ्रष्टाचार पछि आउने कार्य समितिले पार्न सक्ने अप्थ्यारोको पूर्वानुमान गरेर नै संघको निर्वाचन प्रभावित पार्ने उद्देश्यले सदस्यता वितरणमा समेत अनियमितता गरेको छ ।
सदस्यता वितरणमा भएको अनियमिततमा सबै दलको भद्र सहमति समेत रहेको छ । संघको विधान बमोजिम सदस्यता वितरण भएको÷नभएको संघमा रहेको अभिलेख हेरे प्रष्ट हुन्छ । यो कुनै निराधार र कपोलकल्पित आरोप हैन । यस प्रकारको बेथिती, अनियमितता भएको थाहा हुँदाहु“दै पनि संघका सल्लाहाकारहरु, पूर्व अध्यक्षहरु, आरोहीहरु, साधारण सदस्यहरुको मौन बढो टीठलाग्दो, दयनीय छ ।




