🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 सडक पाइलटसँग अन्तरंग : पक्कै पनि एमालेले केही गर्ला जस्तो लाग्छ –बलबहादुर तामाङ

(सोचेको सबै पुग्ने भए संसारमा दुःख भन्ने हुँदैनथ्यो होला । तर, केही कामै नगरी सुख पाइन्छ भने कसले पो मिहिनेत गरेर काममा घोटिने कष्ट गर्दो हो र । त्यसैले त सोचेको पु¥याउन काम गर्नैपर्छ । पाखुरा र खुट्टाको सदुपयोग गर्ने मानिस नै सफलतातिर लम्किन्छ । सफलतातिर बिस्तारै पाइला चालेका युवा हुन् रामेछाप दोरम्बा गाउँपालिका ५ का बलबहादुर तामाड्ड । २८ वर्षे तामाड्ड अंग्रेजी विषयलाई महत्व दिन्छन् । त्यही विषयमा दख्खल राख्न नसकेपछि उनले पढाइ नै छाडे । त्यसपछि मोडिएको उनको कर्मले धमाधम गाडीको स्टेयरिड्ड मोड्दै आएको छ । सडक पाइलटसंगको अन्तरड्डमा उनै बा १ ख ९३५१ नम्बरको गाडीका चालक बलबहादुरसंग साँघु प्रतिनिधिले लिएको अन्तर्वार्ताको मुख्य अंश–सम्पादक)

० गाडी लाइनमा आएको कति भयो ? 
–वर्षौं भयो यो लाइनमा लागेको त । तर घरायसी परिस्थितिका कारण गर्दै छोड्दै गरियो । 

० कसरी आउनु भयो त ? 
–गाउँमा एसएलसी पास गरेपछि काठमाडौं आएँ । भक्तपुरको सानोठिमीस्थित आदर्श बहुमुखी क्याम्पसमा प्लस टु पढ्न थालें । घरको आर्थिक स्थिति कमजोर भएकाले पढ्दै निशान ट्रिपरमा काम गर्न थालें । त्यो काम पनि गर्दागर्दै घरको समस्याले छाडेर गाउँमा जानुप¥यो । नेपालीको छोरो, नेपाली विषयमात्र राम्रो । अनि पढाइमा अंग्रेजी विषयमा फेल भएँ । धेरै अल्झेर काम छैन भनेरै पढ्न छाडें । संसारमा चाहिने अंग्रेजी र त्यही विषयमै कमजोर भएपछि के पढ्नु भन्ने लाग्यो । अहिले पछुतो लाग्छ । 

० त्यसपछि के गर्नुभयो ? 
–त्यसपछि मैले विदेश जाने प्रयास गरें । कोरिया काममा जानका लागि इपीएस भाषा पनि पढें । तर, एक महिनामात्र पढेर जाँच दिएकाले सफल भइन । त्यसपछि फेरि गाडी लाइनमै आएँ । फेरि ढोकामै बसियो । यसपटक यात्रुबाहक बसमै बसियो । डेढ वर्षजति ढोकामा बसें नेपाल यातायातको । त्यसपछि निरन्तर यसमै छु । गाडी चलाउन पनि सिकेर एक वर्षदेखि नेपाल यातायात चलाइरहेको छु । 

० के रहेछ त ड्राइभरको जिन्दगी ? 
–धित्कार लाग्दो छ । जाम र ट्राफिक प्रहरीको सास्तीले गर्दा गाडी चलाउन गा¥हो छ । सानो गल्ती हुँदा पनि दोष हामीले नै दण्ड तिर्नु पर्छ, साह्रै दुःख पाउँदैछौं । ट्राफिक प्रहरीले सानो गल्तीमा नसमात्नुस् भन्दा पनि मान्दैन । 

० समस्या के छन् नि यो लाइनका ? 
–समस्यै समस्या छन् ।, साँगृुरो सडक  समस्या, ट्राफिक प्रहरीको समस्या, जागिर खायो, ड्राइभरले छुट्टी कहिल्यै पाउँदैन । दशैंको अघिल्लो दिनसम्म अरुलाई घरघरमा पु¥याइन्छ । तर, आफूलाई घर जानका लागि कतै गाडी हुन्न । 

० यो लाइन चाहीं कस्तो हो ? 
–आफ्नै पेशालाई नराम्रो ठान्न त नहुने हो तर पनि बुझ्दै जाँदा अपजश पेशा जस्तो लाग्छ । धित्कार लाग्छ । जति कमाइ भए पनि बचाउन सकिंदैन । पैसा पनि त्यस्तै । अफिसमा जस्तो परेन । काम गरुन्जेल पैसा हुने अनि काम गर्न छोडेपछि रित्तै । चालक भएरै कसैले परिवार पालेका छन् । बच्चाबच्ची पढाएका छन् आफूले सकिएन । 

० बिहे गर्नुभयो ? 
–विहे त छैन । २०÷२१ वर्षमा गरिएन भने बीचमा गर्न मन नलाग्ने रहेछ । दुई वर्षपछि ३० वर्षको भइन्छ अनि गर्नुपर्ला । केटीहरू नआउने हैनन् । तर आफैलाई मन नलागेपछि । 

० भोलि के गर्ने मन छ ? 
–अब सिकेको सीप यही हो । विदेशतिर जाने सोच पनि छैन । यस्तै बस्ने हो । दुई चार वर्ष साहुको गाडी चलाएपछि आफै किनेर चलाउने विचार छ । 

० राजनीति मन पर्छ ? 
–अलिअलि मन पर्छ । पहिले माओवादीको समूहमा रहेर काम गरेको थिएँ । बन्दूक बोकेर नहिंडे पनि आन्तरिकरुपले सघाउँथें । 

० माओवादीमा रहँदा कुनै समस्या खेप्नु भएन ? 
–०६२ सालमा दोरम्बाको घटनामा सेनाले बन्दूक ताकेको थियो । माओवादीले माथिबाट ग्रिनेड पड्कायो । उनीहरू भागे । तर म वस्तु चराइरहेको थिएँ । तैं हैन पड्काउने भनेर मलाई सेनाले बन्दूक ताक्यो । मैले ‘म हैन वस्तु चराएर बसेको छु, तपाईहरू निर्दोषलाई मारेर देश बचाउन खोज्दै हुनुहुन्छ भने हान्नुस् गोली भनेर छाती खोलें । मेरो काका आएर यो त्यस्तो छैन भनेर सम्झाउनु भयो । अनि छाडिदियो सेनाले । 

० कसरी सघाउनु भयो त ? 
–कक्षा नौं मा पढ्थें । राजनीति बुझेको थिएँ । सुराकी पनि गरिन्थ्यो । मजस्ता धेरैले सघाए । थुप्रैको ज्यान गयो । 

० माओवादीले सोचको कुरा पूरा ग¥यो त ? 
–जनताले दुःख पाएरै माओवादीलाई सघाए । तर, माओवादीको सिद्धान्त सफल भएन । एकलौटी सरकार बनाउने, सबैलाई रोजगार बनाउने भन्यो । सफल भएन । प्रचण्ड हार खाएर सहमतितिर जानुप¥यो । कतिपय जनसेना घर न घाटका भए । माओवादीले हजारौं गरीबका छोराको भविष्य बिगा¥यो । 

० अब केही नगर्ला माओवादीले ? 
–गर्ने भए त पहिले नै गर्दथ्यो नि । पार्टी एकढिक्का भएका बेलामा नगर्ने माओवादीले अब चिराचिरा भएको बेलामा के गर्ला ? 

० भोट त माओवादीलाई नै हाल्नु भयो होला नि ? 
–भोट पनि माओावदीलाई हालिन । माओवादीले केही गर्ने आशा रहेन । एमालेलाई भोट दिएँ । बुबा बितेपछि मलाई यहाँसम्म ल्याउन सघाउने मेरा दाजु पनि एमालेमा लाग्नुभयो । उहाँजस्तो बुझेको मानिस एमालेमा लागेपछि पक्कै पनि एमालेले केही गर्ला जस्तो लाग्छ । एमालेले जनमतको कदर गर्दै केही नगरी सुखै छैन ।