न मानव बसोबास, न कुनै खाली स्थान । केवल हिउ“ नै हिउ“ । हो, ९० प्रतिशत हिउ“ले भरिएको अन्ट्राटिकामा गएर बिहे गर्ने यी जोडीलाई बधाई दिनैपर्छ । धुव्रहरूको अध्ययन, अनुसन्धान र कार्यमा संलग्न दुई बेलायती गाइडहरू अन्ट्राटिकामा बिहे गर्ने पहिलो जोडी बनेका छन् । टम सिल्वेस्टर र जुली बमले अन्ट्राटिकाको पश्चिममा एडेलैड आइल्याडस्थित रादेरा रिसर्च सेन्टरमा विवाह गरेका हुन् । दुलहीको जुली बौमको लुगा एक पुरानो टेन्ट बाट बनाइएको थियो । विवाहको समय त्यस स्थलको ताप माइनस ९ डिग्री थियो । सिल्वेस्टर भन्छन्–‘अन्टार्टिका एकदमै रमााइलो स्थान हो । विवाहको लागि यो भन्दा उत्तम स्थल कुन हुन सक्छ र ?’




