यदि तपाई छालाको एलर्जीका कारण तनावग्रस्त हुनुहुन्छ भने अब आफै घरेलु उपचार अपनाउनुहोस् । जसका कारण तपाई अस्पताल धाउनु पर्दैन । छालाको एलर्जी विभिन्न कारणबाट हुन सक्छ । चाहे त्यो घामबाट होस, चाहे लुगाहरूबाट, वातावरणबाट होस या त तरकारी तथा फलपूmलहरूबाट । छाला एकदमै संवेदनशील हुने भएकाले यी सबै चिजहरूको असर छालामा छिटो पर्न जान्छ । यसैकारण जानौं केही प्राकृतिक उपचार जसबाट छालाको एलर्जीबाट मुक्त रह्न सकिन्छ ।
पानी पिउँ : एकदमै बढी पानी पिउने । पानी पिउनाले शरीरमा रहने सबै फोहोरहरू पिसाब तथा पसिनामार्फत बाहिर जान्छ । यो पनि छालाको एलर्जीको एउटा प्राकृतिक उपचार हो ।
तेल लगाऔं : अनुहारमा तथा छालामा तातो नरिवलको तेल लगाएर रातभरी छाड्नु पर्दछ । यसले अनुहार तथा छालामा हुने एलर्जीलाई हटाउँदछ । साथै यसमा एन्टी बेक्टरीयल पनि हुन्छ जसले एलर्जी भगाउन मद्दत गर्दछ । साथै सुतीको कपडा लगाउनु पनि छालाका एलर्जीका बिरामीहरूका लागि अचुक उपाय हो ।
कागतीको रस : एलर्जी हुने ठाउँमा कागतीको रस दल्नु पर्दछ । साथै कागतीको रस नरिवलको तेलमा मिलाएर लगाउन पनि सकिन्छ । यसरी लगाईसकेपछि एक रात त्यसलाई नचलाई छाड्नुपर्दछ ।
नीम पेस्ट : नीम हो या यसको पात यी दुवै हरेक प्राकृतिक उपचारमा हीरा मान्ने गरिन्छ । नीम एन्टीबेक्टरियल हो जसले छालासम्बन्धीका रोगहरू टाढा भगाउँदछ । एलर्जी हटाउनका लागि सर्वप्रथम ६–८ घण्टासम्म नीमको पात पानीमा भिजाई पिसेर एलर्जी भएको ठाउँमा लगाई ३० मिनेटसम्म छाडिदिनु पर्दछ । पछि चिसो पानीले धुनु पर्दछ । यसरी एलर्जी आफै निको हुन जान्छ ।
नुहाउने : यो एकप्रकारको घरेलु उपचार हो जसले एलर्जी निको हुन जान्छ । तातो पानीले नुहाउनु हुँदैन । यसले शरीरमा जलन, चिलाउने तथा अन्य समस्या आउन सक्छ । एलर्जी रोगीहरूले चिसो पानीले नुहाएमा राहत महसुस गर्न सक्दछन् । यसरी चिसो पानीले नुहाएमा एलर्जी विस्तारै हट्दछ ।




