🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता-२०७८ संचालन गर्ने

काठमाडाैं । गौरवमय इतिहास र राष्ट्रिय सुरक्षाको अभिभारा बोकेको नेपाली सेनाले नेपाली सेनासँग सम्बन्धित गतिविधि तथा नेपाली सेनाको छवि उजागर हुने गरी २०६७ सालबाट लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्ष पनि सो प्रतियोगितालाई निरन्तरता प्रदान  गर्ने भएकाे छ ।

  नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, लघु चलचित्र प्रतियोगिताको १० औं संस्करण "नेपाली सेना लघु चलचित्र प्रतियोगिता-२०७८" संचालन गर्न लागिएको  छ ।

   लघु चलचित्र प्रतियोगितामा भाग लिन ईच्छुक व्यक्ति तथा संघ/संस्थाले नेपाली सेना सम्बन्धि रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेना र सेनाले गरेका एवं गरिरहेका कार्यहरु झल्किने विषय-वस्तुहरुमा आधारित रही प्रतियोगितामा भाग लिन सक्नेछन् ।

  साथै, उक्त प्रतियोगिता सम्बन्धी कार्यक्रम तपशिल बमोजिम हुने र सो सम्बन्धी थप जानकारी नेपाली सेनाको आधिकारिक वेबसाईट तथा नेपाली सेनाको फेसबुक पेजमा समेत राखिएको  जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएकाे छ ।

कार्यक्रम

फर्म वितरण मिति : २०७८ पौष ०१ गतेदेखि
फर्म बुझ्ने मिति: २०७८ पौष १५ गतेसम्म ।
अन्तरक्रिया कार्यक्रम: २०७८ पौष १८ र १९ गते ।
स्क्रिप्ट बुझ्ने : २०७८ माघ ०२ गते (कार्यालय समयमा) ।
स्थान: श्रव्यदृश्य तथा प्रकाशन महाशाखा, जंगी अड्डा ।