डाक्टर बालकृष्ण थापा देशको लागि जन्मनु भएको थियो । जनसेवामा पूर्ण समर्पित यस्ता मानिसको त हजार बर्ष आयू भए कस्तो राम्रो हुन्थ्यो जस्तो मलाई लाग्थ्यो। तर उहाँलाई पूरा जीवन बाँचेर मान्छेको सेवा गर्ने अवसर पनि भगवान भन्नेले दिएन। सट्टामरण गर्नपाएको भए मैले हाँसी-हाँसी उहाँलाई आफ्नो बाँकी आयू सुम्पनेथिएँ। जुन चोट आज परेको छ, कसैको मृत्युमा आजसम्म परेको थिएन। धेरै ठूलो अन्याय गर्यो भगवानले । बदला लिनलायक अपराध भयो भगवानबाट । हज्जारौं रोगीको ज्यान बचाउने उहाँ ब्रेन ट्युमरको उपचार गर्न सन्सारभरीका बिरामीलाई नेपाल आउने बनाउँछु भन्नुहुन्थ्यो। उहाँको इच्छा अधुरै रह्यो। बाँचुन्जेल घाउ बनेर हृदयमा बसिरहनु हुने छ बालकृष्ण ! अन्यायी भगवानहरू बस्ने ठाउँमा तपाइँको बास होस् भन्दिन; सधैं हाम्रै ओरिपरी रहिरहनु हुनेछ बालकृष्ण !!
– Deva Prakash Tripathi




