भीमसेन थापा पहिले काजी त्यसपछि जनरल र कमान्डर-इन-चिफ बनेपछि नेपाली सेनाका लागि केही ऐतिहासिक कामकाे शुभराम्भ गरेकाे इतिहास पाइन्छ । नेपाली सेनाकाे इतिहास अनुसार, भीमसेन थापा नेपाली सेनाकाे कमान्डर-इन-चिफ बनेपछि फ्रान्सबाट हतियार वैज्ञानिक र घर बनाउने इन्जिनियरसमेत् झिकाए । उनले नेपाली सेनाको विकासका लागि धेरै काम गरेकाे इतिहास पाइन्छ ।
कमान्डर -इन -चिफ भीमसेन थापाले फ्रान्सको इन्जिनियरको सहयोगमा उनले ओत मात्रै लाग्ने अवस्थामा रहेका र अस्थायी व्यारेकमा बसेर देशकाे रक्षा गर्ने नेपाली सेनाका लागि धेरै पक्की ब्यारेक घरहरू बनाइ सेनालाई ब्यारेकमा राख्न थाले । । सोही अनुसार, उनले सैनिक मुख्यालय अर्थात जङ्गी अड्डा पनि बनाए ।
हाल काठमाडाैंकाे छाउनीमा रहेको राष्ट्रिय सङ्ग्रहालयको मुख्य भवन् नेपाली सेनाको पहिलो जङ्गी अड्डा रहेकाे थियाे । उस बखत सेना बस्ने ब्यारेकलाई " छाउनी " भनिन्थ्यो। त्यही कारणले सो स्थानको नाम नै छाउनी रहन गयाे। पूर्व प्रधान सेनापति धर्म पालबर सिंह थापाज्यूबाट जानकारी पाए अनुसार, छाउनीमा ३ वटा "कप्तान निवास" अर्थात् आर्मी अफिसर्स क्वार्टरहरूरु पछिसम्म पनि रहेका थिए ।
सेनाको गोली(ताराे) हान्ने ठाउँ अर्थात तालिमको लागि खलंगा पनि त्यही छाउनी नजिक थियो । त्याे स्थानमा नेपाली सेनाले पछिसम्म पनि ताराे हान्ने तालिम पछिसम्म पनि छाउनीबाटै दिइन्थ्याे । छाउनी व्यारेक र डल्लु, स्वयम्भु वरिपरि मानिसहरूकाे वसाेवास बढ्दै गएपछि ताराे(गाेली) हान्ने स्थान छाउनीबाट अन्यत्र स्थान्तरण हुन गयाे ।
नेपालभर धेरै ठाउँमा "खलंगा" रहेका छन् । खासगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाहरूका सदर मुकामहरूलाई खलंगा भनिन्छ । त्यो भनेको सेनाको तालिम गर्ने-परेड खेल्ने(गाेली-ताराे हान्ने) स्थान हो ।
भीमसेन थापाकाे प्रयासमा सेनाका पक्की छाउनीहरु बनेपछि स्वयम्भुमा बारुद कारखाना, बालाजुमा पानीले चल्ने हतियार कारखाना र ठिमीमा गोली, बारुद राख्ने "गठ्ठा घर" बनाए । जुन यद्यापि छदैछन् । भक्तपुर जिल्लामा चर्चित "गठ्ठाघर " भन्ने ठूलो बस्ती अहिले पनि छ ।
भीमसेन थापाले उक्त स्थानमा ब्यारेक "छाउनी" बनाउन ज्याेतिषीलाई हेराउदा हाल छाउनी रहेको स्थानको उचाइ, धार्मिक महत्व, "गठ्ठा घर" र तालिम स्थान चाहिं प्राय बस्तीबाट अलिक टाढा, फाप हुने लक्षण आदि हेर्ने गिरन्थ्याे । हनुमान ढोका दरबारको यस्तै लक्षणयुक्त ठहरिएको थियो । त्यसपछि मात्रा जङ्गी अड्डा र छाउनी बनाइएको इतिहास भेटिन्छ ।
नेपाली सेनाका कमान्डर-इन -चिफ भीमसेन थापाले आत्माहत्या गरेपछि पाण्डे खलकका रणजङ पाण्डे नेपाली सेनाकाे प्रमुख बने। त्यसपछि उनले भीमसेन थापालाई अलक्षिन घाेषित गर्दै, फ्रान्सको गाई खाने मान्छेले बनाएका जङ्गी अड्डा, सेनाकाे वासस्थान छाउनीलगायतका ब्यारेकहरूलाई खारेज गरी उनले कमान्डर-इन-चिफ पद र जर्नेली पोशाक समेत् हटाइ "काजी"को पद सुरु गरे भने सेना फेरि डेरा र घरबाटै परेडमा आउन थाले ।
नेपाली सेनाले जङ्गी अड्डाको फोटो र सैनिक ईतिहासमा काजी रण जङ पाण्डेलाई जर्नेली पोशाक लगाइ दिएको छ। त्यो पहिलादेखि पछिसम्मका चित्रकार हरुको गल्ती हो । उनले राष्ट्रवादी छवि देखाउन काजी पद धारणा गरी र दौरा सुरुवाल, ढाल- तरबार, चाँद तोडालगाएका थिए। अब सेनाको पोशाक पनि भीमसेन थापा अगाडि कै भयो । हुन त भीमसेन थापाले आधा भन्दा कम् सेनालाई उनको भाई-भतिजाले कमान्ड गर्नेगरी फ्रान्सको जस्तै जर्नेली-कर्नेली पोशाकमा दर्जा मुताविकको पोशाकमा सेना खडा गरे भने बडाकाजी अमर सिंह, सरदार अर्थात कप्तान भक्ति थापा आदिले कमान्ड गर्ने टोलीलाई (आधा जस्तो सेना)लाई पुरानै दौरा सुरुवाल, चाँद-तोडा लगाउन दिए। उस बखत नेपाली सेनामा जर्नेली र काजीका पोशाक लगाउने २ थरी सेना थिए । जुना सोचनीय पाटो हो, सेनामा २ थरी मान-सम्मान समेत हुनुमा। ईतिहासकाे सत्यतथ्य कुरा हो कसैलाई गाली नगरुम् । गल्ती भए चाहिं जानिफकारहरूले मलाई सुझाव दिनु होला ।
(तस्बिरमा : नेपाली सेनाको पहिलो जङ्गी अड्डा (हाल राष्ट्रिय सङ्ग्रहालय) र कमान्डर-इन-चिफ तथा मुख्तियार भीमसेन थापा)
प्रेम




