🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाका अधिकृतहरुको कीर्ते उमेर र नक्कली शैक्षिक योग्यताको नालीबेली(१)

श्रीमान सम्पादकज्यू, साँघु न्यूज डटकम ।

नेपाली सेनाका चतुर खेलाडीहरूले नक्कली शैक्षिक याेग्यता र उमेर ढाँटेकाे विषय साँघु लगायतका सञ्चार माध्यमहरूमा निरन्तर प्रकाशित भएतापनि  न सरकारले सुन्छ न त  रक्षा मन्त्रालयका कुनै अधिकृतहरूले नै चासाे राख्ने गरेका छन् । यस्ताे बेथितीलाई हामी सैन्य अधिकृतहरू अराजकताकाे संज्ञा दिन्छाैं ।

नेपाली सेनामा साेर्सफाेर्स हुनेले जे जसाे गरे पनि हुन्छ र हुँदैछ भन्ने युक्ति वर्तमान प्रधान सेनापति प्रभुराम शर्माकाे पालामा समाप्त हाेस् भन्ने आग्रह गर्दछाैं ।

यहाँ हामीले नेपाली सेनाभित्र भए, गरिएका केही विकृतिहरू जनताकाे जानकारीका लागि प्रस्तुत गरेका छाैं । कृपया स्थान दिनु हुनेछ भन्ने अपेक्षा गरेका छाैं ।

महारथी रुक्मांगद  कटुवालले महाराजा वीरेन्द्रकाे हुकुमको  आधारमा  नागरिकता  भन्दा तीन  वर्ष  उमेर घटी  रेकर्ड दर्ज  गराई  प्रधान  सेनापति  बन्न  सफल  अहिले तिनै कटुवाल नैतिकताकाे कुरा गर्दै बेलाबेलामा डुक्रिन्छन् ।

गणतन्त्र आए  पश्चात  सर्वोच्च  अदालतमा  मुद्दा  परेतापनि  अदालतमा  सेटिंग  गरि अवकाश  पछि मुद्दा खारेज गराउन पिन सफल भए।  निजको  छोरा  प्रमुख  सेनानी सुमंगाद कटुवाल पनि  भारतीय  certificate को कारण  उक्त दर्जाबाट बिना कारवाही जागिर मात्रै गुमाएर घर बसे ।  

कमल थापाका दाजु रथी नेत्र बहादुर थापाले पनि तीन वर्षा उमेर कम गराई शक्तिको आडमा लामो समय सम्म जागिरमा रहन सफल । गौरव शमशेर ज. ब. राणा प्रधान सेनापति भएपछि राजेन्द्र क्षत्री र त्यसपछि प्रेम प्रकाश थापा मगर प्रधान सेनापति हुने रोल क्रम रहेका थिए ।  तर, छत्र मान सिंह गुरुङ प्रधान सेनापति हुँदा प्रेम प्रकाश थापा मगरले शक्तिकाे चलखेल गरेको कारण र सहायक रथी हेम खत्री Online Graduate भएतापनि स्नातक सरह मन्ययता दिलाई NDC तालिममा पठाएको charge लगाई निजलाई सेवाबाट बर्खास्त गरि पूर्ण चन्द्र थापालाई प्रधान सेनापति बनाउने बाटो खुल्ला गरिएको थियाे ।  

प्रेम प्रकाश थापा मगरको सूचना अनुसार सैनिक अधिकृतहरुको पदोन्नतिको समयमा सक्कल शैक्षिक प्रमाण पत्र र नागरिकता रक्षा मन्त्रालयमा अनिवार्य माग गर्ने व्यवस्था गरेका थिए । त्यसपछि उमेर सच्याउने र online शैक्षिक प्रमाण पत्रधारी सेनाका अधिकृतहरु बीचमा महाभूकम्प गएकाे थियाे ।

उमेर सच्याएको कारणले माथिल्लो दर्जाका दावेदारहरू उपरथी बिनोज बस्नेत र महासेनानी सुरेन्द्र सिजापति सोही दर्जाबाट स्वत अवकास भएका थिए ।  

सक्कली प्रमाण पत्र बुझाउन नसकी प्रमुख सेनानी बसन्त राज गुरुङ र प्रमुख सेनानी सुजित खड्का पनि सोही दर्जाबाट अवकास हुन बाध्य भएका थिए।

  त्यसैगरि पाइलट महासेनानी गोविन्द राज गुरुङ भारतीय नक्कली certificate भएकोले कारवाही पर्ने चाल पाएपछि हतारहतार राजीनामा दिई अमेरिका भासिएका थिए ।  हाल अमेरिकामै मनाेसामाजिक अपाङ्गता भएका व्यक्तिहरूकाे हेरचाहकाे काममा व्यस्त भएर धनार्जन गर्न सफल  भएको सुनिन्छ ।

साथै online graduate को certificate पेश गरि higher Command Training समेत लिई सहायक रथीसम्म भएर नेपाली सेनाबाट सम्पूर्ण फाइदा लिई छानबिन पश्चात NDC Training बाट वन्चित  भई  पदोन्नति  बेगर अवकास  प्राप्त गर्नेमा सहायक रथी नयन राज दाहाल, सहायक रथी शैलेन्द्र शमशेर थापा र सहायक रथी संजय सिंह भण्डारीहरू पनि नेपाली सेनाका चतुर खेलाडी नै मानिन्छन् ।

-नेपाली सेनाकाे भलाे चाहने अधिकृतहरू