🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इतिहासमै सर्वाधिक धाँधली भएको त्यो निर्वाचन

कहिलेकाही निर्वाचन अनुमान गर्न कठिन हुन्छ । विश्वमा चुनावअघि गरिएका कतिपय प्रक्षेपण फेल खाएका हुन्छन् । अपरिहार्य विजेता जस्तो देखिने कतिपय उम्मेदवारले चुनावमा नमिठो पराजय भोगेका इतिहास हामीले देखेका छौँ । त्यस्तै, यसअघि खासै चर्चामा नआएका र विरलै नाम सुनेका व्यक्तिले चुनावमा अप्रत्यासित विजयी हुने गरेका छन् ।

कतिपय चुनावी परिणम निकै रोचक हुन्छन जसको परिणामले मतदाता र उम्मेदवार नै चकित पर्ने गरेका छन् । यस्तै चकित पार्ने निर्वाचन लाइबेरियामा भएको थियो ।

सन् १९२७ मा जब चार्ल्स डीबी. किङ २ लाख ३४ हजार मतका साथ राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि विश्व समुदायको ध्यान लाइबेरियामा तानिएको थियो । लाइबेरिया खासै ठूलो देश होइन  ।

राष्ट्रपति निर्वाचनका लागि देशमा त्यतिबेला १५ हजार मतदाता दर्ता भएका थिए । तर, राष्ट्रपतिमा निर्वाचित किङले मतदाताको संख्याभन्दा ठूलो मात्रामा मत प्राप्त गरेका थिए । अन्तराष्ट्रिय समुदायले अहिलेसम्मकै सबैभन्दा धाँधली भएको उक्त चुनावलाइ मान्यता दिएको थिएन् ।

देशको राष्ट्रिय निर्वाचन आयोगका आधुनिक प्रमुख फ्रान्सिस जोनसन–मोरिसले चुनावलाई “अहिलेसम्मको सबैभन्दा धाँधली“ भनेर उल्लेख गरेका थिए ।

त्यसैले गिनिज बुक अफ वल्र्ड रेकर्डले अहिलेसम्मकै सबैभन्दा धाँधली भएको चुनावलाई खासै महत्व दिएन । व्यापक विरोधबीच निर्वाचन भएको केहीसमयपछि उनी पदमुक्त भएका थिए ।

लिग अफ नेसन्सले किंग र उनको पार्टीलाई सडक र सार्वजनिक कार्य निर्माण गर्न दास श्रमको प्रयोग गराएको  रिपोर्ट प्रकाशित गरेको थियो ।

 एजेन्सी