🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आइन्सटाइनको पत्र २२ लाखमा लिलाम

 एउटा श्रीमानले लेखेको चिठ्ठीको मूल्य उनको श्रीमतीका लागि अमूल्य हुनसक्छ भने अन्यका लागि त्यही चिठ्ठी अर्थहीन पनि हुनसक्छ । तर, हालै ९८ बर्ष अघि लेखिएको एक चिठ्ठीले ठूलो मूल्य प्राप्त गरेको छ । त्यो पनि चानचुने व्यक्तिले लेखेको चिठ्ठी होइन । वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले आफ्नी श्रीमतीलाई ९८ बर्ष पहिले लेखेको चिठ्ठी २१ हजार ४९२ डलर अर्थात झण्डै २२ लाख रुपैयाँमा बिक्री भएको छ । 
आइन्स्टाइनले सन् १९१९ डिसेम्बर ५ मा आफ्नी पत्नी र छोरालाई उक्त चिठ्ठी लेखेका थिए । कापीको पानाको दुवै पेजमा लेखिएको उक्त चिठ्ठीको एकातर्फ अल्बर्ट भनेर हस्ताक्षर गरिएको थियो भने अर्काेतर्फ पापा भनेर हस्ताक्षर गरिएको थियो । पत्रको सुरुमा आइन्स्टाइनले पत्नी मिलेवा मरिकलाई सम्बन्ध विच्छेद गर्ने व्यवस्था र छोरा हेन्स अल्बर्टको शिक्षाको बारेमा चर्चा गरेको बताइन्छ । आइन्स्टाइनको यो चिठ्ठी अमेरिकाको पीआर अक्सन हाउसमा लिलामी भएको हो ।