🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शैलुड पर्वतको नाममा ठगी धन्दा

दोलखा । रामेछाप जिल्ला तथा दोलखा जिल्लाको बीचमा पर्ने शैलुड पर्वतको टुप्पोमा बन्दै गरेको छ्योर्तेनको जग र भ्यूटावरको संरचनाले उक्त पर्वतको प्राकृतिक सौन्दर्यलाई असर पार्न थालेको छ । प्राकृतिक ढंगको सयवटा थुम्का भएकाले शैथुमबाट शैलु¨ भन्ने गरेको मानिन्छ । त्यो स्थान हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थल हो । स्व.योगी नरहरिनाथले संकलन गरेको नेपाल अधिराज्यभरको महादेवस्थानहरूको नामावलीमा पनि शैलु¨े कपर(शैलु¨ पर्वत)को नाम पनि उल्लेख छ । शयथुम्काको प्राकृतिक सौन्दर्य र त्यहॉबाट देख्न सकिने हिमालय क्षेत्रको परिदृष्यबाट पनि पर्यटकहरू मनमोहित हुने गर्छन् । 
छ्योर्तेन निर्माण गर्ने भनिएका ठेकेदारहरू दाताबाट संकलन गरिदिएका रकम कुम्ल्याए निर्माण कार्य छोडेर हिंडेका छन् भने भ्यूटावर भने निर्माणधीन छ । छ्योर्तनको जग भनि डीपीसी मात्र गरेको अवस्था छ । त्यो गर्न पनि डॉडाको वरपर खाल्डाखुल्डी हुने गरी ढुंगाहरू झिक्ने गरिएको थियो । छ्योर्तेनको निर्माण समिति फेरिएको भएता पनि निर्माण कमिटीको कोष भने रित्तो रहेको थाहा भएको छ । किनभने कतिपय चन्दादाताले चन्दा हिनामिना र दुरुपयोग भएको देखेर चन्दा दिनै बन्द गरिदिएका छन् । भ्यूटावर चाहिं सरकारी बजेटमा बन्न लागेको खबर छ । पर्यटनस्थल वा ऐतिहासिक सम्पदाको संरक्षण गर्न नेपाल सरकार उदासिन देखिएको छ । 
हालै मध्यपहाडी लोकमार्ग निर्माण गर्ने क्रममा लिम्बुहरूका धार्मिक तथा ऐतिहासिक सम्पदा नष्ट गरेको भन्दै सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गरेकोमा सर्वाेच्चले त्यसको संरक्षण गर्न भनि फैसला गरेको छ । यो आदालती निर्णय हो । तर स्थानीय प्रशासनले नै यस्ता अतिक्रमणकारी निर्माण कार्य रोक्न नसक्ने होइन । तर, त्यस्ता निर्माण समितिले व्यापक जनसमर्थन भएको देखाउने गरेको पाइन्छ । तयसले जनसमर्थन दुईचार गाउ‘का मानिसहरूको सही बटुलेर देखाउने गरेको खबर छ । त्यस्ता योजना आवश्यकता सदुपयोग र दीर्घकालीन प्रभाव र त्यसले प्रत्यक्ष रुपमा पार्ने प्राकृतिक सम्पदाको जोखिम बारे छलफलको विषय नै नबनाउने गरेको बताइन्छ । जनस्तरबाट चन्दा उठाएर होस् वा सरकारी बजेट खर्च गरेरै किन नहोस् ऐतिहासिक सम्पदाको स्वरुपमा विकृति पार्नेगरी कुनै पनि निर्माण कार्य गर्न गराउन नहुने सैद्धान्तिक अवधारणा भने प्राय जानकारीमा रहेको भएता पनि ग्रामीण क्षेत्रका जनता भने त्यस विषयमा अनभिज्ञ छन् । त्यही कमजोरीबाट फाइदा उठाउ‘दै मनपरी गर्ने गरिएको छ । 
दोलखा र रामेछाप जिल्लाका प्रशासनले शैलु¨ पर्वत ऐतिहासिक क्षेत्रको प्राकृतिक सम्पदाको संरक्षण गर्न पहल गर्न सक्नुपर्छ । दोलखा जिल्लामा गौरीशंकर वन आरक्षण क्षेत्र घोषणा भईसकेको भएतापनि शैलुड क्ष्ँेत्र भने त्यसमा समावेश गरिएको छैन । राजनैतिक पार्टीका कार्यकर्ताहरू नै कुनै मठमन्दिर बनाउने र सार्वजनिकस्थलमा दिवंगत नेताहरूको नाममा स्मारक बनाउने भन्दै चन्दा उठाउने, भातभान्सा रमाइलो बनाउने र पेट भर्ने धन्दा चलाउने गरेका छन् । राजनैतिक पार्टीको आवरण कारण त्यस्ता कामले सजिलै वैधानिकता पाउने गरेको छ । जुन एकप्रकारको ठगीधन्दा र भ्रष्टाचारको माध्यम बन्दै गएको छ ।