नया“ शक्ति सशक्त ढंगले अघि बढ्ने कुनै सम्भावना नदेखेपछि देवेन्द्र पौडेललगायत नेता नया“ बहसको पक्षमा देखिएका छन् । स्रोतका अनुसार, २५ देखि ४० जिल्लाका जिल्ला संयोजकहरू देवेन्द्रकै लाइनमा छन् । उनीहरू देवेन्द्र माओवादी प्रवेश गरेमा संगै प्रवेश गर्ने सोचमा छन् । तर पौडेल सकेसम्म सबैलाई लिएर जाने पक्षमा छन् । तर, माओवादी पृष्ठभूमिका नेता गंगानारायण श्रेष्ठ भने धार हेरेर बसेका छन् । उनी माओवादीमा प्रवेश गर्ने पक्षमा भन्दा पनि देवेन्द्रले पार्टी छाडेर गएमा बाबुरामपछिको नेता आफू हुन पाउने दाउमा छन् ।




