🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आदर्श, सिद्धान्तको कुरा गर्ने तर जीवनमा लागु नगर्नेहरु नक्कली हुन् : रक्षामन्त्री खड्का

काठमाडौं । रक्षा मन्त्री पूर्णबहादुर खड्काले, पूर्वाग्रहमुक्त टिप्पणीले पार्टीको हित हुने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले, बैठक, छलफल, सम्मेलनको मर्यादालाई एउटा सीमामा राख्न नसके पार्टीले चाहेको परिणाम निकाल्न नसक्ने भन्दै पूर्वाग्रहविहीन खुल्ला बहसले पार्टीलाई थप बलियो बनाउने बताए ।

उनले भने, ‘हामीले बैठक, छलफल, सम्मेलनको मर्यादालाई एउटा सीमामा राख्न सकेनौ भने चाहेको परिणाम दिन सक्दैन् । सबै अधिवेशनपछिका गतिविधिहरुलाई यो सम्मेलनमार्फत निर्मम तरिकाले समीक्षा गर्ने, खुला ह्दयले सबै कुराहरु राख्ने, कपट विनाको विरोध, कपटविनाको सुझाव र कमजोरीको टिप्पणीले कुनै पनि सम्बन्धित व्यक्तिलाई क्षति पुग्दैन्, त्यसले सुधार गर्नको लागि मद्दत गर्छ ।’

उनले कुनै मन्त्री, नेता र पार्टीभित्रका व्यक्तिहरुलाई आदर्श र सिद्धान्तको कुरा गर्दै गर्दा आफू उक्त बाटोमा नहिड्ने हो भने पार्टीमा मनमुटाब बढ्ने बताए ।

उनले भने, ‘आदर्श, सिद्धान्तको कुरा भन्ने तर मैले आफैले भनेको कुरा आफैले लागु नगर्ने हो भने म जतिको नक्कली मान्छे को हुन्छ ।

त्यसैले मैल यहाँ बसेर जे भन्छु त्यो साथीहरुलाई केही भन्छु भने आफू पनि त्यो अनुसार हिड्न तयार भएपछि मात्रै केही कुरा सुनाउँन नैतिकता रहन्छ । त्यो भयो भने मनमुटाबको कुरा नै आउँदैन् ।’

मुलुकको राजनीतिको मियो नेपाली काङ्ग्रेस हो भन्ने यथार्थलाई व्यवहारमा उतार्नको लागि सबैले आफूलाई सुधार र रुपान्तरण गर्न जरुरी भएको बताए ।

एकताको भावले हामी बाहिर जान सक्यौ भने भित्रको छलफल, कमजोरीको टिप्पणीले सबै तहको नेतृत्व सुधान गर्न सक्ने बताए ।