🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रुबियाल्सको तारिफ गरेकोमा स्पेनी प्रशिक्षकद्वारा क्षमा याचना

बार्सिलोना, १५ भदौ (रासस/एएफपी) : महिला विश्वकप स्टार जेनी हर्मोसोको ओठमा जबर्जस्ती चुम्बन गर्ने स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियालेसको आक्रामक भाषणको समर्थन गरेको भन्दै सर्वत्र आलोचना भएपछि स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले शुक्रबार क्षमा याचना गर्नुभएको छ । 

आफ्नो आलोचना भएपछि महासङ्घका प्रमुखले एक आपतकालीन बैठक बोलाएर विरोधलाई अनावश्यक हल्ला भन्दै दबाबको बावजुद राजीनामा दिन अस्वीकार गर्नुभएको थियो । उहाँले विरोधलाई ‘झूटो नारीवाद’ को बिरूद्ध आवाज उठाउनुपर्ने बताएउनु भएको थियो भने डे ला फुएन्टेले रुबियालेसको पक्षमा आफ्नो धारण राख्नुभएको थियो । 

डे ला फुएन्टेले एक पत्रकार सम्मेलनमा उक्त सन्दर्भमा रूवियाल्सको समर्थन गर्नु गल्ती भएको बताउनुभएको छ । “मैले माफी माग्नुपर्छ, मैले गल्ती गरे, यो अक्षम्य छ,” उहाँले भन्नुभयो । 

स्पेनका ४६ वर्षीय रुबियालेसले गत अगस्ट २० मा सिड्नीमा भएको महिला विश्वकप पदक समारोहमा स्पेनकी मिडफिल्डर हर्मोसोलाई जबर्जस्ती चुम्बन गरेपछि विश्वभर आक्रोश उत्पन्न भएको थियो ।

रुबियाल्सले आफ्नो चुम्बन सहमतिमा भएको दाबी गर्नुभएको थियो भने हर्मोसोले आफू ‘आक्रमणको शिकार’ भएको जस्तो महसुस गरेको बताउनुभएको थियो । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुबियाल्सलाई ९० दिनका लागि निलम्बन गरेपछि डे ला फुएन्टेले विज्ञप्ति प्रकाशित गरी महासङ्घका अध्यषको व्यवहारको आलोचना गर्नुभएको थियो । 

स्पेनका दोस्रो उपप्रधानमन्त्री योलान्डा डियाजलगायत केही आलोचकले डे ला फुएन्टेले आफ्नो पदमा रहिरहन नसक्ने बताएका छन् ।
“मैले (प्रशंसा) को लागि भारी आलोचना प्राप्त गरें र मलाई लाग्छ कि यो पूर्ण रूपमा योग्य छ, म यसलाई बुझ्छु, म यसको लागि माफी माग्छु, यो अन्यायपूर्ण थियो,” स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले भन्नुभयो । 

परिस्थितिले ‘भावनात्मक तनाव’ उत्पन्न गरेको र उपस्थित सबैलाई आश्चर्यचकित पारेको उहाँले बताउनुभएको छ । उहाँले प्रसङ्गलाई थप जोड्दै भन्नुभयो, “म सही स्तरमा थिइनँ र मैले मेरो भावनाहरू नियन्त्रण गर्न सकिनँ । मैले आफूलाई चिन्न सकिनँ ।”