🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एनआरएन निर्वाचन : शेष घलेको अर्कै दाऊ ! भवन भट्टका लागि सुरुङ्ग मार्ग घातक !!

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए)को निर्वाचन नजिकिंदै जादा आगामी निर्वाचनमा अध्यक्षका उम्मेदवार रहेका संघका वर्तमान उपाध्यक्ष भवन भट्टका नकारात्मक कार्यहरू सार्वजनिक हुने क्रम बढेको छ । एक साताअघि उनले २०७४ असोज २९ मा हुने चुनावमा अध्यक्षको पदमा उठ्ने घोषणा गरेसंगै उनले लगानी गरेका कम्पनीहरूको बारेमा अनेकौं अफवाह र वास्तविकताहरू बाहिरिन थालेका  छन् ।

खासगरी भवन भट्टकै छोटकरी नामबाट सञ्चालनमा ल्याइएको बीबी एअरवेज जहाज नउडेरै बन्द भएको थियो । पछि बीबी एअरवेजको दर्तासमेत खारेजी भएपछि अहिले अर्को ठूलो लगानी गर्ने भनेर चर्चामा आएको कम्पनी नेपाल पूर्वाधार विकास कम्पनी समस्यामा परेको बुझिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका तत्कालीन अध्यक्ष कुशकुमार जोशीलाई हटाएर आफै अध्यक्ष बनेका भट्ट यतिबेला सरकारले उक्त कम्पनीनै खारेज गर्ने भनेपछि भट्ट जनताको करोडौं रूपैया तिर्नुपर्ने अवस्थामा पुगेका छन् ।

कम्पनीमा १५ करोड रूपैयाभन्दा बढी अनेकौं बहानामा खर्च भइसकेको र त्यसको हिसाबसमेत हुन नसकेको  बताइन्छ । ३२ अर्ब लगानी अनुमान गरिएको सुरुड मार्ग निर्माण गर्न १ अर्ब लगानी गर्ने बानेश्वरको एभरेस्ट होटलबाट घोषणा गरेका भट्टलाई त्यही घोषणा अहिले घा“डो भएको छ । उनका विपक्षीहरुले सुरुड मार्गलाई बीबी एअरवेजकै नया स्वरूप भन्न थालेका छन् ।

खासगरी भट्टको स्वामित्वमा रहेको टीबीआई गु्रपका तत्कालीन सिइओ सनत न्यौपाने र  भट्टका दाजु शिशिर भट्टको मिलोमतोमा सुरुङ मार्ग कम्पनीमा ठूलो रकम हिनामिना भएको समाचार चुहिएपछि त्यसको अध्यक्षबाट भवन भट्ट हटेको स्रोतको दावी छ । भट्टले गु्रप छाडेसंगै न्यौपाने पनि बाहिरिएका थिए । एक हजारभन्दा बढी सर्वसाधारणसँग सुरुङ मार्ग बनाउने भन्दै रकम उठाएका जोशी र भट्टको समूहले काम अघि बढाउनुको सट्टा उठाएको पैसा कसरी सिध्याउने भन्नेतर्फ नै ध्यान दिंदा कम्पनी खारेजीमा जान लागेको हो । खासगरि भट्टको काम गर्ने शैली र विदेशमा उनले पैसा कमाउने बाटो बुझेका व्यड्ग्यकार लक्ष्मण गाम्नागेले कान्तिपुर समूहको नेपाल साप्ताहिकमा झटारो हानेका थिए, फेरि बन्ने भो सुरुड मार्ग शीर्षकमा ।

जापानमा शंकास्पद धन्दाबाट कमाएको पैसा भट्टले नेपालमा त्यसैगरी खर्च गर्ने गरेको भुक्तभोगीहरू  बताउछन् । खासगरि उनका दाजु शिशिर र उनले विश्वासमा लिएका व्यक्तिहरूले नै उनलाई अनेकौं समस्यामा पार्ने र पैसा कुम्ल्याउने गरेको घट्ना समय समयमा सार्वजनिक हुने गरेका छन् ।

बीबी एअरवेजका तत्कालीन सिइओसमेत रहेका कारोबारका संस्थापक प्रधान सम्पादक प्रतिक प्रधान पनि यतिबेला भट्टको विपक्षमा उभिएको देखिएको छ । खासगरी एनआरएन चुनावलाई ध्यानमा राखेर उनले एनआरएन अध्यक्ष शेष घलेकोे पक्षमा माहौल बनाउदै गरेको देखिएको छ । सुषुप्त अवस्थामा रहेको एनआरएन अध्यक्षकी पत्नीलाई आगामी अध्यक्ष बनाउन लबिड नै थालिएको र त्यसका लागि उनले कारोबारकै पूर्व कार्यकारी सम्पादक विजय घिमिरेलाई उपयोग गरेको स्रोतको दावी छ । घिमिरेले अमेरिकाबाटै जमुना घलेको नाम अघि सारेर प्रतिक प्रधान सम्पादक भएको अनलाईन बाह्रखरीमा समाचार नै लेखेका  छन् । उता, भट्ट समूहलाई हराउन टीबीआई समूहका पूर्व सिइओ राजु नेपाल पनि यतिबेला खाडी मुलुकको भ्रमणमा निस्किएका छन् । टीबीआई गु्रपलाई राम्ररी बुझेका नेपाल उनलाई एनआरएनले अध्यक्ष बनाए एनआरएनकै नाम बदनाम हुने बताउ“दै हिड्न थालेको मध्यपूर्वको स्रोतले बताएको छ ।

भवन भट्टलाई एनआरएनमा हराउन टीबीआई गु्रप छोडेका मात्र नभइ गु्रपभित्रकै र खासगरि उनको लगानीमा खुलेको कारोबार पत्रिकाका जिम्मेवार व्यक्तिहरू नै अग्रसर भएको पाइएको छ । खासगरि दाजु शिशिरसंग कहिल्यै नमिलेका र शिशिर पनि मान्छे हो र भन्नेसम्मको व्यवहार गर्ने कारोबार दैनिकका प्रशासन प्रमुख भरत चन्द र राजनीतिक आधारमा मान्छेलाई व्याख्या गर्ने वर्तमान सम्पादक कुबेर चालिसे भट्टहरूकै पैसा पचाउदै उनीहरूकै विरुद्ध कम्मर कसेर लागेको चर्चा छ । शिशिर आफ्नै भाईसंग कमिसन खान कुनैपनि सामान खरिद गर्दा बढी बिल देखाउन लगाउने गर्छन् भने त्यसको हिस्सा आफूले नपाएपछि भवनको नजिक रहेका चन्द शिशिरको विरुद्धमा पोखिने गरेको कारोबार दैनिकका प्रायः सबै पत्रकारले हाकाहाकी बताउने गरेको स्रोतले जानकारी दिएको छ । जसका कारण यतिखेर दाजुभाईको बोलचालसमेत बन्द भएको बताईन्छ ।

(२०७४ असोज ९ गतेको साँघु साप्ताहिकबाट)