🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आन्दोलनको १०० दिनपछि बन्द फिर्ता : दार्जिलिङमा चहल पहल

नयाँ दिल्ली, ११ असोज (रासस÷सिन्ह्वा) :  गएको करिब सय दिनदेखि जारी रहेको आम हड्ताल फिर्ता भएपछि भारतीय पर्यटकीय सहर दार्जिलिङको जनजीवन सामान्य भएको छ । लामो समयपछि बन्द खुलेकोले यहाँ चहल पहल बढेको बताइएको छ ।

भारतको केन्द्रीय सरकारका गृहमन्त्री राजनाथ सिंहको अपिलपछि उक्त आन्दोलन फिर्ता भएको अधिकारीहरुले जनाएका छन् । आन्दोलन फिर्ता भएपछि यहाँको जनजीवन सामान्य भएको समाचारमा जनाइएको छ ।

आन्दोलनकारीहरुले गोरखाल्याण्डलाई एक स्वतन्त्र राज्यका रुपमा दिइनुपर्ने अधिकार माग्दै सो आम हड्ताल जारी राखेका थिए । आन्दोलन १०० दिनपछि २०७४ असोज ११ गते बुधबार फिर्ता लिइएको छ ।

दार्जिलिङ भारतको पर्यटकीय सहर हो । पर्यटनका लागि प्रसिद्ध रहेको सो सहरमा बिगतदेखि नै बुकिङ गरिएका होटलहरुको बुकिङ रद्द भएको थियो । लामो समयदेखि पर्यटक नआएपछि बजार सुनशान भएको थियो ।

यो आन्दोलनको फिर्तीसँगै यहाँको जनजीवन सामान्यतर्फ फर्किएको र होटलहरुमा बुकिङ सुरु भएको बताइएको छ । पश्चिम बंगालका दार्जिलिङलगायतका क्षेत्रमा बुधबार बिहानदेखि चहल पहल सुरु भएको र होटल एवम् बन्द ब्यापार पनि सुुचारु भएका दार्जिलिङ्बाट प्राप्त समाचारमा जनाइएको छ ।

गोर्खा जनमुक्ति मोर्चाले सो आम हड्तालको आह्वानमा १०० दिनसम्म जारी सो आम हड्ताल फिर्ता भएपछि विभिन्न प्रतिक्रियाहरु आएका छन् ।

जनमुक्ति मोर्चाका नेता बिमल गुरुङले यहाँका राजनीतिक दलका नेताहरुलाई भेटेपछि आजै सो आन्दोलन स्थगित गरेको सार्वजनिक जानकारी गराएका छन्  ।

असोज १० गते मङ्गलबार साँझ भारतको केन्द्रीय सरकारका गृहमन्त्री राजनाथ सिंहले आन्दोलन स्थगित गरी शान्तिपूर्णरुपमा र प्रजातान्त्रिक प्रक्रियाबाट समाधानको बाटो खोज्न अपिल गरेका  ।