काठमाडौं मङ्सिर २२ गते । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताले मङ्सिर २१ स्थगित भएको नेकपाको सचिवालयको बैठक आज मङ्सिर २२ गते पनि बस्न सकेन।
शनिबार बस्ने भनेर स्थगित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक निर्धारित समय दिनको ३ बजे बैठक बस्नका लागि नेताहरु पुगे पनि प्रधानमन्त्री ओली कुनै खबर नगरी अरूलाई कुराइरहेर नआएपछि सचिवालयका सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेब गौतमले बैठक बहिस्कार गरेर हिंडेको खबर छ।
हिजो शुक्रबारको बैठक पनि प्रधानमन्त्रीकै व्यस्तताका कारण आज शनिबारको लागि सारिएको थियो। ‘बैठक सुरु नभए १५ मिनेट कुर्ने नभए जानकारी गराउने सहमति थियो तर प्रधानमन्त्री ओलीबाट कुनै जानकारी नआएपछि हामी बाहिरियौं,' नेकपाका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।




