🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सङ्कटाको  विजयी, पुलिस बराबरीमा रोकियो

काठमाडाँैं, २२ मङ्सिर (रासस) : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सङ्कटा क्लबले न्यूरोड टिम एनआरटीलाई पराजित गर्दै अङ्कतालिको दोस्रो स्थानमा पुगेको छ । 

हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा भएको खेलमा सङ्कटाले न्यूरोड टिम एनआरटीलाई १–० गोलले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क जोडेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको इन्जुरी समयमा अफ्रिकन खेलाडी म्यासवेलले गोल गर्दै सङ्कटालाई विजयी बनाए । 

जीतपछि सङ्कटा सात खेलबाट १८ अङ्क जोड्दै शीर्षस्थानको मनाङसँग अङ्क बराबरी गरेको छ । एनआरटी तालिकाको पुछारमा यथावत् रह्यो । खेलमा एनआरटीका गोलकिपर अजित प्रजापति ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे । 

यसअघि सोही मैदानमा भएको पहिलो खेलमा विभागीय टोली पुलिस र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

लिगको साताँै चरणको पहिलो खेलमा पुलिस र हिमालयन शेर्पाले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । ३२आँै मिनेटमा तेज तामाङको पासलाई सदुपयोग गर्दै भरत साहले पुलिसलाई अग्रता दिलाएका थिए । तर हिमालयन शेर्पाका विश्वास श्रेष्ठले खेलको ७०आँै मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पुलिस सात खेलबाट ११ अङ्क जोडेर तालिकाको पाँचाँै स्थानमा छ । समान अङ्क भए पनि गोल अन्तरका आधारमा हिमालयन शेर्पा छैटाँै स्थानमा छ । हिमालयन शेर्पाका विश्वास ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे । 
–––