🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘थाई फिल्म फेस्टिबल नेपाल २०२४’

काठमाडौं । काठमाडौंको रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिबल नेपाल २०२४’ आयोजना गर्ने भएको छ ।  

दूतावासले छाया सेन्टर क्यु एफएक्समा ३० अगस्टदेखि १ सेप्टेम्बरमा थाई फिल्म फेस्टिबल नेपाल २०२४ आयोजना गर्ने भएको हो ।

यो फिल्म फेस्टिबल चौथो फिल्म फेस्टिबल हुने काठमाडौंस्थित थाई दूतावासले जनाएको छ । यसअघि थाई फिल्म फेस्टिबल २०१३ मा आयोजना गरिएको थियो।

यो वर्ष नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको छ।  लामो समयको सम्बन्धलाई मनाउन र फिल्मको विश्वव्यापी भाषा मार्फत थाई र नेपाली जनतालाई जोड्न थाई दूतावासले नेपालमा थाई फिल्म फेस्टिभल आयोजना गर्न लागेको हो।

यस फेस्टिभलले चलचित्रमा फरक फरक प्रशंसित र पुरस्कार विजेता थाई चलचित्रहरु नाटकदेखि कमेडी, रोमान्स, हरर, र मुवय थाईका चलचित्रहरू प्रदर्शन गर्नेछ।

छाया सेन्टर क्यु एफएक्स अगाडि चलचित्र सुरु हुनु अघि टिकटहरू निः शुल्क वितरण गरिने पनि दूतावासले जनाएको छ ।