बि. सं. १६१६ असोजमा स्थापित नेपाली सेनाको ( उस बखत गोर्खाली सेना भनिन्थ्याे) पहिलो सेनापति काजी भगीरत पन्त थिए ।
यो काजीको पदलाई नै भीमसेन थापाले विस्थापित गरी पहिलो पटक नेपाली सेनामा कमान्डर-इन -चिफ बनेर इतिहास राखेका छन् । त्यसपछि नेपाली सेनाकाे प्रधान सेनापतिलाई कमान्डर – इन – चिफ भनियो।
यो कमान्डर – इन – चिफ दर्जालाई पनि प्रधान सेनापति गुणशम्शेर राणाको पालामा " चिफ अफ आर्मी स्टाफ " को दर्जाले विस्थापित गर्यो र चिफ अफ आर्मी स्टाफ हालसम्म पनि कायम रहेकाे छ ।
नेपाली सेनामा "महरथी " दर्जा हो भने त्यो दर्जामा बढुवा भएपछि मात्रै " प्रधान सेनापति " को नियुक्ति हुन्छ अथवा नेपाल सरकारले गर्छ। प्रधान सेनापति दर्जा होइन नियुक्ति हो ।
कुनै पनि सेनामा एउटा देशमा एक जना भन्दा बढी महारथी हुन सक्छन् । तर, प्रधान सेनापतिको नियुक्ति चाहिं एक जनाले मात्र पाउछ।
नेपालमा पनि एक पटक शेर बहादुर मल्ल र अर्जुन नरसिंह राणा दुबै महारथी रहेको मैले नै देखें । याे नेपाली सेनामा इतिहास बनेर रहेकाे छ । तर, अर्जुन नरसिंह प्रधान सेनापति भएका थिए ।
( सेनाबारे जान्न चाहने र सेनामा काम नगर्नु हुनेहरुको सामान्य ज्ञानको लागि-प्रेम)




