🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाका महारथी र प्रधान सेनापति दर्जाका कुरा

  बि. सं. १६१६ असोजमा स्थापित नेपाली सेनाको ( उस बखत गोर्खाली सेना भनिन्थ्याे) पहिलो सेनापति  काजी भगीरत पन्त थिए ।

 यो काजीको पदलाई नै भीमसेन थापाले विस्थापित गरी पहिलो पटक नेपाली सेनामा कमान्डर-इन -चिफ बनेर इतिहास राखेका छन् । त्यसपछि नेपाली सेनाकाे प्रधान सेनापतिलाई कमान्डर – इन – चिफ भनियो।

 यो कमान्डर – इन – चिफ दर्जालाई पनि प्रधान  सेनापति गुणशम्शेर राणाको पालामा " चिफ अफ आर्मी स्टाफ "  को दर्जाले विस्थापित गर्यो र  चिफ अफ आर्मी स्टाफ हालसम्म पनि कायम रहेकाे छ ।

नेपाली सेनामा "महरथी " दर्जा हो भने त्यो दर्जामा बढुवा भएपछि मात्रै " प्रधान सेनापति " को नियुक्ति हुन्छ अथवा नेपाल सरकारले गर्छ।  प्रधान सेनापति दर्जा होइन नियुक्ति हो ।

कुनै पनि सेनामा एउटा देशमा एक जना भन्दा बढी महारथी हुन सक्छन् । तर, प्रधान सेनापतिको नियुक्ति चाहिं एक जनाले मात्र पाउछ।

नेपालमा पनि एक पटक शेर बहादुर मल्ल र अर्जुन नरसिंह  राणा दुबै महारथी रहेको मैले नै देखें । याे नेपाली सेनामा इतिहास बनेर रहेकाे छ । तर, अर्जुन नरसिंह  प्रधान सेनापति  भएका थिए ।

( सेनाबारे जान्न चाहने र  सेनामा काम नगर्नु हुनेहरुको सामान्य ज्ञानको लागि-प्रेम)