🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लकडाउनमा ड्राइभर पेशाः बस छाडेर टिपर चलाएँ फाइदै भयो, साथीहरु डुबे

काठमाडौं, १७ जेठ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लगाएको लकडाउनको शनिबार ६८ औं दिन भएको छ । 

अहिलेसम्म खान नपाएर थुप्रैको स्वास्थ्य नाजूक बनिसकेको छ । लाखौंको जागिर धरापमा परेको छ । सरकारी कर्मचारी बाहेक अधिकांशको जागिर सुरक्षित हुन सकेको छैन । 

झन् दैनिक काम गरेर गुजारा गर्नेको जनजीवन अस्तव्यस्त बनेको छ । दैनिक सवारी चलाएर गुजारा गर्ने हजारौं बसका चालक, सहचालक र गाडीका लगानीकर्ताको बिजोग भएको छ । 

सार्वजनिक यातायात चल्न नसके पनि निर्माणका लागि र अत्यावश्यक तरकारीलगायतका सामग्रीका लागि प्रयोग हुने टिपर भने चलिरहेका छन् । 

टिपर चालक, सहचालक र लगानीकर्तालाई भने कोरोनाको लकडाउनले कुनै असर गरेको छैन । 

तिनै टिपर चालक मनिष कार्कीले आफूलाई कुनै अप्ठेरो नपारेको बताएका छन् । 

लकडाउन सुरु हुनुभन्दा एक महिना अगाडिसम्म २२ वर्षका सिन्धुपाल्चोक जिल्ला घर भएका युवा मनिषले बा ४ ख ३६२४ नम्बरको बस चलाउँथे । 

त्यसपछि उनले टिपर चलाउन थाले । उनले हाल बा ३ ख ७३७० नम्बरको टिपर चलाइरहेका छन् । 

उनका साथीहरु जसले बस चलाउँथे अहिले छट्पटिएर बसिरहेका छन् । उनले २०७७ जेठ १७ गते शनिबार साँघुसित भने, ‘मैले बेलैमा टिपर चलाउन थालेछु । म त लकडाउनमा पनि काममा बिजी छु ।’

तर, उनका बस चलाउने साथीहरुबारे भने, ‘साथीहरु हल्लिएर बसेका छन् ।  विहान बेलुका छाक टार्नका  लागि पनि समस्या छ । कताबाट हो अलिकति राहत पाएपछि खाए रे । अहिले छाक टार्न  समस्या छ भन्दै थिए ।’

उनका साथीहरु कहिले लकडाउन खुल्ला भनेर बसिरहेका छन् । मनिषले भने, ‘ बस छाडेर टिपर चलाएँ फाइदै भयो, साथीहरुकाे बिजाेक भएकाे छ, उनीहरू त लकडाउन कारण सम्पूर्णरूपमा  डुबे ।’

सरकारले उचित रुपमा राहत उपलब्ध नगराएका कारण अहिले बेरोजगारका परिवार भाेकै प्यासै छट्पटिएर दिन बिताउँदैछन् ।