काठमाडौं । श्री नं. ३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धुव्रप्रकाश शाहले सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ स्थित नवज्योती बहिरा माध्यमिक विद्यालयको भान्छा घर र डाइनिङ हल भौतिक पूर्वाधार सहयोग स्वरुप हस्तान्तरण गरेका छन् । २०७७ भदौ १७ गते आयोजित भौतिक पूर्वाधार हस्तान्तरण कार्यक्रमको बाहिनीपति शाह र कमलामाई नगरपालिका नगर प्रमुख खङ्गबहादुर खत्रीले संयुक्तरुपमा उद्घाटन गर्दै विद्यालयका प्रधानाध्यापक विजय तामाङलाई हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वम्भर लामिछानेले विद्यालयका तर्फबाट वर्द बहादुर गणका गणपतिलाई प्रशंसापत्र समेत प्रदान गरे । नेपाली सेनाले स्थानीय जनतालाई प्रत्यक्ष एवं शिघ्र फाइदा पुग्ने योजनाहरु सञ्चालन गर्ने संगठनको नीतिअनुसार प्रयास स्वरुप फरक क्षमता भएका बालबालिका अध्ययन गर्ने विद्यालयको छनौट गरी उक्त भौतिक पूर्वाधार निर्माण गरेको हो ।




