🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वामगठबन्धनले मधेसी दलहरुसँग राख्यो यस्तो प्रस्ताव

काठमाडौं, माग ९ \\  वामगठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्न  राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालसँग औपचारिक प्रस्ताव गरेका छन् ।  
 

राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्न राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालसँग आज मंगलबार विहान औपचारिक प्रस्ताव गरेको हो ।
 

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपाल पनि एमाले नेतृत्वको बामगठबन्धनसँग सहकार्य गरेर जान सकारात्मक देखिएको ब्रिफिङ गरिएको छ।
 

वामगठबन्धनका नेताहरुले केन्द्रीय सरकार निर्माणमा पनि सहकार्य गरेर जान सकिने प्रस्ताव पनि अघि सारेका थिए । राष्ट्रिय जनता पार्टी, नेपाल एमालेसँग सहकार्य गरेर जान इच्छुक भएपनि सहमति भैनसकेको श्रोतले बतायो।
 

वामगठबन्धनका दुबै पार्टीले यसअघि नै १३ सिटमा अन्य दलसँग सहकार्य गर्नेगरी राष्ट्रिय सभा निर्वाचनमा जाने निर्णय गरेका थिए । सोही निर्णय अनुसार नै राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालसँग पनि चुनावी तालमेलको विषयमा औपचारिक छलफल भएको हो । 
 

आज भएको बैठकमा वामगठबन्धनबाट सुवाश नेम्वाङ र अग्नी खरेल, वर्षमान पुन र मातृका यादव सहभागी थिए भने राजपाका सर्वेन्द्रनाथ शुक्ला, रामनरेश यादव, वृशेषचन्द्र लाल तथा संघीय समाजवादी फोरम, नेपालबाट राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

(हेर्नुस २०७४ माघ ८  गतेको साँघु साप्ताहिक)