🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अध्यागमनका भ्रष्ट अधिकृतहरू तानिए

काठमाडौं । अध्यागमनमा बसी अनियमितता गर्ने कर्मचारीलाई नछाड्ने नयाँ मन्त्रीको प्रतिबद्धता सार्वजनिक भएको केही दिन नबित्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भ्रष्ट अध्यागमन अधिकृत कारवाहीमा परेका छन् ।  अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाइएकामध्ये तीन अधिकृतले आचरण विपरीत कार्य गरेको पाइएपछि  विभाग तानिएका छन् । ऐनले तोकिए बाहेकका गलत कार्यमा संलग्न रही  शुभलाभ हासिल गर्न पल्किएका अध्यागमन अधिकृतहरू ज्योति पौडेल, बलराम हाथेछु र राजकुमार दुलाललाई गतहप्ता जिम्मेवारीविहीन बनाई विभागमा फिर्ता बोलाइएको हो । यिनीहरूमाथि छानविन चलिरहेको विभाग स्रोतले जनाएको छ । 
 अधिकृत हाथेछुले अमेरिका जान लागेका नेपालीको ग्रीनकार्डमा उडान अनुमतिस्वरुप छाप लगाइदिएका थिए । तर ती नेपालीलाई हंगकंग हु“दै अमेरिका जाने क्रममा हंगकंगको अध्यागमन कार्यालयले पक्रिएर नेपाल फर्काइदिएको छ । हंगकंगको अध्यागमनले ती नेपालीले अमेरिकाको नक्कली ग्रीनकार्ड बोकेकोले नेपाल नै फर्काइदिएको हो । हाथेछुले नक्कली अमेरिकी ग्रीनकार्डमा शुभलाभ लिई नेपाल सरकारको तर्फबाट उडान अनुमति दिएकाले छानविन शुरु गरिएको स्रोतको दावी छ । 
 पौडेललाई भने उज्वेकिस्तानकी युवतीलाई नक्कली स्टिकर बनाएर उडाउन खाजेको आरोपमा अध्यागमन विमानस्थलको जिम्मेवारीबाट मुक्त गरिएको हो । पौडेलले भीसा नवीकरण नगरिकन अवैध रुपले नेपालमा बसेकी उज्वेक युवतीलाई अधिकारको दुरुपयोग गरी उडाउन सहयोग गरेका थिए । नवीकरण नभएको ती युवतीको अवैध कागजातमा पौडेलले नक्कली स्टिकर लगाउन निर्णायक भूमिका निर्वाह गरेको खुलेपछि उनीमाथि कारवाही प्रक्रिया अघि बढाइएको हो । दुलालले पनि यस्तै गलत कार्य गरी सरकारी छाप र हैसियतको दुरुपयोग गरेका पाइएको छ । उनले युरोप जान लागेका एक भारतीयलाई नक्कली कागजातमै नेपाली अध्यागमनको छाप लगाइदिएर पदीय हैसियतको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको आरोप लागेको छ ।