एक खबरका अनुसार, भारतको बेंगालुरुमा रक्सीमा धुत एक बाँदरले एक बारमा वितण्डा मच्चाएको खबर छ । बाँदरको चर्तिकलाले हैरान भएर केही ग्राहक हिंडेका थिए भने केही रमाइलो मान्दै हेरेर बसेका थिए । बाँदरको भागदौडको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित छ ।
यो क्यूट शैतानी बाँदरको भिडियो बारमा लिइएको थियो । बैंगलुरुको बांवाडीस्थित दिवाकर बार तथा रेस्टुरेन्टमा उक्त बाँदरले ताण्डव मच्चाएको थियो । यसको कारण थियो मापेस (रक्सी सेवन) । बाँदरलाई रक्सी खुवाइएको कारण यस्तो गरेको बताइएको छ । तर, बाँदरले कहाँ र कसरी रक्सी खायो भन्ने कुरा भने थाहा भएको छैन ।




