🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एनटीभीः विश्व कपको मुखमा लूटको गोल !!

काठमाडौं । नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाल सुटुक्क राजीनामा गरेर बेपत्ता भए । विदाई कार्यक्रम गर्न पनि नमानेकोले उनी भागेको चर्चा टिभीकर्मीहरु गर्छन् । कर्मचारीहरुसंग उनको मनमुटावको पारो चढेको थियो । उनले साढे २ वर्ष बस्दा टेलिभिजनमा सम्झन लायक एउटा पनि काम गरेनन् । विवाद र नालायकी नै उनको परिचय थियो ।

जाँदाजाँ पनि उनले टेलिभिजनको लाखौं चुना लगाएर छाडेको खुलासा भएको छ । ब्याक डेट राखेर १२ जना कर्मचारीलाई ग्रेड थपेर उनी हिंडेका रहेछन् । प्रशासन प्रमुख राजकुमार थापालाई मासिक करीब ३ हजार तलब बढ्ने गरी उनले २ ग्रेड तलब बढाए । १२ जना अरुलाई पनि राजकुमारसंगै २ ग्रेड दिएको उनी हिंडिंसकेपछि मात्रै थाहा हुन आयो । यो ग्रेडले वार्षिक सवा ३ लाख रुपैयाँ व्ययभार संस्थालाई उनले पारेको उच्च स्रोतको भनाई छ ।

राजीनामा दिएर दाहाल हिंडेको २ हप्ता भैसक्यो । महाप्रबन्धक गोविन्द रोकाले कर्मचारीहरुलाई अब कार्यकारी मै हुँ , अरु आउँदैनन् भन्न थालेको पत्रकारहरु बताउछन् । उनले  उच्च कर्मचारीको सरुवा गर्न पनि भ्याएको खबर छ । तर सरुवामा कांग्रेसीकरणको गन्ध आएको बताइन्छ । नयाँ  र पुराना दुवै युनियनलाई खुसी पार्ने नाममा उनले कांग्रेसी भन्दै हालसम्म ज्यादती गर्दै आएकालाई नै लाभ हुने गरी सरुवा गरेको आरोप छ ।

महेश दाहालबाट अपारदर्शी तलब बढाएर आफ्नो पत्र आफैंले तयार पारी खाएका राजकुमार थापालाई व्यापार महाशाखामा सरुवा गरिएको छ भने आर्थिक प्रशासन महाशाखाका नवराज नेपालीलाई प्रशासनमा ल्याइएको छ । नेपालीको ठाउमा शरदचन्द्र श्रेष्ठलाई महाशाखा प्रमुख बनाइदिएका छन् । व्यापारमा बसेर तमार्दै आएका कृष्णचन्द्र भट्टराईलाई घटुवा गरी महाशाखा प्रमुखबाट शाखाप्रमुखमा झारेको भनिएपनि गाडी सुविधा खोसिएको छैन । अरु शाखा प्रमुखले गाडी पाउन्नन् ।

दशौं तहकाले पाउने गाडी सुविधा सातौं तहका सालिक सुवेदी र गोविन्द धिताललाई दिएर दुरुपयोगलाई संरक्षण गरिएको अवस्थामा घटुवा गरेको भनिएका भट्टराईलाई गाडी दिनुको के कुरा गराइ भो र ? भन्छन् एक कर्मचारी । लेखामा बसेर जथाभावी भुक्तानी दिएका भट्टराईलाई आन्तरिक लेखापरीक्षण जस्तो अति संवेदनशील शाखामा लगिएपछि गम्भीर प्रश्न उठेको छ । 

भट्टराई उनै हुन् जसले आर्थिक प्रशासन महाशाखामा छँदा  स्टोर दाखिला नै नगरिएको ७ करोडभन्दा बढीको भुक्तानी दिएका थिए । आज पनि स्टोर दाखिला भएको छैन । स्टोर दाखिला नगरी भुक्तानी दिन मिल्दैन भनी टिप्पणी लेख्ने स्टोर प्रमुख गंगा खतिवडालाई कोहलपुर सरुवा गर्ने काम दीपकमणि धितालहरु र भट्टराईले गरेको आरोप लाग्दै आएको छ । खरिद गरेको इन्जेस्ट उपकरणमा रेकर्डिङ स्पेश नहुदा टेलिभिजनका करोडौंका कार्यक्रम र भिजुअलहरु डिलिट भएको तर त्यत्रो भ्रष्टाचारप्रति टेलिभिजन व्यवस्थापनदेखि अख्तियारसम्मले आँखा चिम्लिदिएको पत्रकारहरुले आश्चर्य मान्दै आएका छन् । 

नयाँ  युनियनका अध्यक्ष सुरेन्द्र बस्नेतलाई भट्टराईको अन्तर्गत काम गर्ने भनेर सरुवा गरिएको छ । नयाँ  युनियनको मिलेमतोमा सरुवा गरेको भनेर हल्ला चलाई भोजनमा विवादित कांग्रेसी दावी गर्दै आएकाहरुलाई मालदार र संवेदनशील ठाउ“मा राखिएको छ । तर सर्वाधिक समस्याले कचल्टिएको समाचार महाशाखा भने चलाइएको छैन । त्यहाँ  मनोहरी थापा कार्यरत छन् । उनलाई कांग्रेसी हस्ती गोविन्द धिताल र सालिक सुवेदीले घुमाएको भन्दै पत्रकारहरुले जागिर खानेबाहेक कुनै काम गरेका छैनन् । महाप्रबन्धक रोका नै धिताल र सुवेदीको चंगुलमा रहेको असन्तुष्ट पत्रकारहरुको आरोप छ । चालू नियमबाट उनीहरुलाई वाइड एंगल जस्ता कार्यक्रमका नाममा ठूलो रकम भुक्तानी गर्न नमिलेपछि नया“ भुक्तानी मापदण्ड बनाएर रकम दिन महाप्रबन्धक रोकाले मनोहरिलाई निर्देशन दिएको चर्चा छ ।     

व्यक्ति व्यक्तिको स्वार्थका कारण टेलिभिजनका समाचार र कार्यक्रम बोरलाग्दा भैसकेका छन् भने निजी च्यानल कान्तिपुर अगाडि आएको भनेर महाप्रबन्धक रोकाले नै कर्मचारीहरुलाई बताउने गरेका छन् । उता यस वर्षको विश्वकप फूटबल लाइभ देखाउने नेपालको कपी राइट टेलिभिजनकै भोजनमणिहरुको मिलेमतोमा मिडिया हबले पाएको खबर छ । फिफाको नियमअनुसार हरेक देशको टेरेस्टियल रहेको राष्ट्रिय च्यानललाई फूटबल लाइभको कपीराइट दिइन्छ । टेलिभिजनकै महेश दाहाललगायतका सम्बद्ध कुनै स्वार्थी कर्मचारीले पत्र लेखिदिएको आधारमा नै मिडिया हबले नेपाल टेलिभिजनको कपीराइट हात पारेको आशंका गरिएको छ ।

राष्ट्रिय टेरेस्टियल च्यानलको अन्तर्राष्ट्रिय कपीराइट समेत मिडिया हबलाई दिएर बहादुरी गरेको ठानिरहेका टेलिभिजनका मसिहाहरुलाई तह लगाउने साहसिक बहादुर नखोज्ने हो भने नेपाल टेलिभिजनले पनि जनकपुर चुरोट कारखानाकै गति नभोग्ला भनेर भन्न सकिने अवस्था छैन, एनटीभी कर्मचारीहरुबीच चर्चा हुने गरेको छ ।(२०७५ जेठ ७ गतेको साँघु साप्ताहिकबाट)