नेपालमा जेन्जी (Gen Z) र अल्फा (Gen Alpha) पुस्ताबीचको फरक केवल राजनीतिक नेतृत्वमा होइन, जीवनशैली र सोचमा स्पष्ट देखिन्छ ।
जेन्जी (Gen Z) :
डिजिटल ट्रान्जिसन पुस्ता
१९९७–२०१२ बीच जन्मिएका, डिजिटल दुनियाँमा ‘नयाँ’ अनुभव होइन । सामाजिक आन्दोलन, स्टार्टअप, करिअर र विदेश रोजगारीमा सक्रिय ।
पारिवारिक र सांस्कृतिक मूल्यस‘ग जोडिएका, कन्सर्ट, मूवी हल, कलेज–साझा जीवन अनुभव गर्छन् ।
अल्फा (Gen Alpha) :
डिजिटल बर्थ पुस्ता
सन् २०१३ पछि जन्मिएका, इन्टरनेट जन्मसिद्ध अधिकार जस्तो । युट्युब, गेम, रोब्लक्स, माइनक्राफ्टमा समय बिताउ‘छन् । अनलाइन शिक्षा, स्मार्टबोर्ड, एआई–ट्युटर, डिजिटल एपमा सहज । भर्चुअल मनोरञ्जन र डिजिटल क्याम्पेनमा सक्रिय ।
ठूला भिन्नता
सञ्चार शैली : जेन्जी फोन/मेसेन्जर, अल्फा इमोजी/भ्वाइस । मनोरञ्जनः जेन्जी मूवी/कन्सर्ट, अल्फा भीआर । सामाजिक चेतनाः जेन्जी सडकमा, अल्फा डिजिटल । शिक्षा : जेन्जी गुरु–कक्षा, अल्फा एआई–ट्युटर ।
सारांश
जेन्जी र अल्फा पुस्ता भविष्यका निर्णायक शक्ति हुन् । सामाजिक सञ्जाल बन्दजस्ता प्रशासनिक कदमले उनीहरूको आवाज दबाउन सक्दैन । आगामी दशकमा अल्फा पुस्ताको सोच र अभ्यासले नेपालको राजनीति, शिक्षा, सामाजिक सम्बन्ध र सांस्कृतिक मान्यतामा ठूला परिवर्तन ल्याउनेछ ।




