नेपाली सेनामा अहिले आएर जुन हल्ला र क्लीन चिट गर्ने चिफसावको योजना भएको र हुनेवाला छ रे भन्ने सुनिदैछ सायद होला पनि । देशमा कोरोनाले महामारी भएको स्थामा दिनरात नभनी खटिएका सिपाहीहरूको अवस्थामा खै परिवर्तन ? डिउटीमा परेको सिपाहीलाई न खानाको समय छ न बस्नेको न परिवारसंग भेटघाट ? सिभिल कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी र अन्य कर्मचारी खाजा, भत्ता र सुविधा लिने तर २४ घण्टा खटिने नोपली सेनाका सिपाहीको खाली सुख्खा तलव र राशन मात्रै ।
चिफसाव चाहिं आफ्नो स्वार्थ मात्र हेर्दै ठूलो पदको दरबन्दी बढाउन सरकारको सामु मेरा सिपाही महान भनेर गुनगान गाउने र आफन्तहरूको लागि हात धोएर लागिपरेको महसुस हामीले गरेका छौं । मेरो सिपाहीलाई भत्ता र सुविधा चाहिंदैन भनेर बसेको अनुभूति हुन्छ ।
संस्थाको नामलाई वाहिर नराम्रो असर पर्नेगरि स्वास्थ्य सामग्री खरिदमा रक्षा मन्त्री र सरकारले सैनिकलाई जनताको सामु ठेकेदारको ताज दिएको छ, जुन ईतिहासमा रचिएको पुर्खाको शान र इज्जतलाई बदनाम गराएर के प्राप्ति भो र चिफसाव ? कार्वाही र जागिरबाट राजीनामा गराउने बाध्य बनाई सोझासाझा र व्यक्तिगत रिसइवी आफू माथि जाने योजनामा लागेका अधिकृतहरूको कुरा सुनेर सोझासाझा सोर्सफोर्स नभएका अधिकृतहरूको जागिरलाई धमाधम असफल बनाई घर पठाएको यही क्लिन चिटलाई हो ? नेपाल आर्मी २÷३ जना स्वार्थीहरूको सल्लाह र आदेशले चल्ने हो भने किन चाहियो पि.एस.ओज.का जनरलहरू ? राजाका भरौटेको स्वार्थको कारण राजपरिवार समाप्त भयो आज नेपाली सेनामा पनि त्यही शैली देखा परिरहेछ ।
सेनामा संस्थागत सुधार गर्ने भनेर कस्सिनु भो सबैलाई सिपाही बनाउने भनेर प्राविधिकहरूलाई सिभिल झै सम्झेर तालिम गराउनु भयो । तालिम पनि गरे । खै त प्राविधिकहरूले काम गर्न सक्ने रहेछन् त ? फेरि प्राविधिक निकायहरूमा बढी भ्रष्टाचार भयो भनेर ईन्फ्रेन्टी अधिकृत स.र.प्रयोग राणा र अन्यलाई विभिन्न निकायमा निगरानीको लागि खटाउनु भो तर ती सबै त झन भ्रष्टाचारी भएको र हालजेल हाली कार्वाही गर्दै हुनुहुन्छ रे खै त सुधार ? आज ती भ्रष्टाचारको जालो बुन्ने अधिकृतहरू जेलमा कार्वाही भोगिरहेका छन होइन । तिनीहरूसंगै काम गरेका अस्पतालका मै हँु भन्ने डाक्टर जर्नेलहरूलाई कार्वाही खै त ? तिनीहरू चाहिं दूधले धोएका सच्चा प्राविधिक हुन र ? सच्चा र ईमान्दार छविका भनेर निगरानीमा पठाउनु भएको हैन ? तिनीहरू नै परे होइन माकुरी जालैमा ।
आज आर्मी अस्पतालका डा.रावल र डा.अरुण न्यौपानेहरू माथि किन निगरानी हुँदैन चिफसाव ? त्यहाँको सिनियरले जुनियरलाई गरेको ज्यादति र अत्याचारबारे उजुरी पर्दा पनि खै छानविन र कार्वाही ? बरु तिनैलाई म्याद थप, प्रमोसन र इमान्दारको सिफारिस सरकारको टेवुलमा पार्नु भयो, खै समानता ? आज कति पल्ट तल्लो दर्जाका अधिकृतहरू पीडित भएर पत्रिकामार्फत चिफसाव र मन्त्रालयमा जानकारी गराउन बाध्य हुँदा पनि किन सुनवाई भएन । त्यसै कारण आज डा.हरू राजीनामा दिंदै हिंड्न थालेका छन । तल्लो लेवलमा अधिकृतहरू, डाक्टरहरू, पाइलटहरू, इन्जिनियरहरू, अन्य प्राविधिकहरूको कामको मूल्यांकन कहिले गर्नु भो त ?
कल्याणकारीे विभागमा करार कर्मचारीहरू आजीवन रहने हुन ? जसमा लेखा कर्मचारी भू.पू.भएको भोलिपल्ट फेरि जागिर पाउने तर गण, गुल्म, वाहिनी र पृतनाबाट भू.पू. भएका पदिक, विल्लादारले कहिले जागिर पाए ? के हे.क्वा.को वरिपरि बस्ने भू.पू. कर्मचारीहरूले मात्र करारको जागिर खान पाउने हो ? कल्याणकारीको जागिर ? १५÷२० बर्षसम्म एउटाले नै पाउनु न्यायिक छ ? करारमा जागिर खाएर भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउन सफल भएकाहरूको सम्पत्ति किन छानविन हुँदैन ? खै सुधार, पेट्रोल पम्पमा, स्कूल, क्याण्टिन, अस्पताल, कल्याणकारी अन्तर्गत सबै निकायमा करारमा छिरेर आजीवन कार्यरत अकुत सम्पत्ति कमाउने अधिकृत र कर्मचारीको विर्ता भएको छ सेनाको पेट्रोल पम्प । अनि कसकसलाई दिनु भयो र दिंदै हुनुहुन्छ क्लिन चिट ?
पुरानोदेखिको फाइल हेर्ने हो भने सेनाका कुनै पनि सहायक रथी र उपरथी चोखा छैनन् । त्यो सबैलाई थाहा छ । आज केका लागि ३ वटा रथी दरबन्दी थप्ने ? सिपाहीको पदमा माथिल्लो दरबन्दी के का लागि आफन्त र चाकडीवालालाई पद दिन ? विज्ञानदेव पाण्डे, माधव थापा, टंक भट्टहरू चाहिं चिफसावको नजरमा सच्चा भए अरु सबै अनफिट ? के तिनीहरूको कुरा र सुझावहरू चाहिं चिफसावलाई सही लाग्ने अनि ९० हजार सैनिकको चाहिं अविश्वास छैन ? १६ वर्षे पेन्सन र फोर्सको सेवासुविधाका बारेमा खै बोलेको ? खै १६ बर्षे पेन्सन अवधिको लागि लागिपर्छु भन्ने चिफसाव के गर्दै हुनुहुन्छ ?
सीसीएमसीको प्रमुख भएर सिपाहीलाई २४ घण्टा कोरोनाको लागि खटाउने स्वार्थी रक्षा मन्त्री ईश्वर पोखरेलकले खै वाचा पूरा गरेको ? सिपाहीको गास काटेर दिएको भोजमा विभिन्न कर्मचारीको साथ वोलेको बाचा खै पूरा गरेको ? के सिपाहीको घरमा श्रीमती बच्चा हँुदैनन् ? अहिले प्रधानमन्त्री समेत सेनाको कामकार्वाहीदेखि खुशी भएको बेलामा खै सिपाहीको १६ बर्षे पेन्सनको लागि लडेको ?
खाली पद र दरबन्दी थप्नामात्र लागिपर्ने केका लागि चिफसाव ? राजनीतिक दल, नेता र मन्त्रीको कारण हरेक काममा चिफसावलाई मुछेर र पवित्र संस्थाको वदनामी र भ्रष्टाचारको नामले दाग लागेको छ । पुराना भ्रष्टाचारी चिफ र जर्णेलहरूको कारण चुर्लुम्म डुवेको सेनाको छविमा पूर्णचन्द्र थापा चिफबाट केही सुधार होला भन्ने आशा थियो तर आज हरेक काममा फसेर नेपाली सेना विवादमा परेको पाइयो चिफसाव ? सजक रहन जरुरी छ । देशको वदलिंदो अवस्था, राजनैतिक, राजनेताको जालो र सरकारको कामकार्वाहीले अस्थायी रुप लिएको अवस्थामा पुर्खाको नामलाई बद्नाम गर्ने हैन जोगाउनेतिर लागेको हेर्न र गौरवका साथ भन्न पाउने आशामा छांै । – सेनाको भलो चाहने शुभचिन्तक सैनिकहरू




