नेपाली सेनाको कालीज¨ गण धुन्चे, रसुवाका गणपति शितल बानियाको सैन्य अनुशासन उल्लंघन र गैरब्यवसायिक आचरणका बारेमा लेखिपठाएका छौं । कृपया हाम्रँे गुनासो प्रकाशित गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गराई दिनु हुने छ ।
आपूm सिपाहीबाट अफिसर भएपनि हामी जवानलाई अभद्र र एकदम तुच्छ व्यवहार गर्ने गर्दछन् । संसदको चुनावमा आएको रु. २७ लाखमा खोई ? चारा बाँडेजस्तो गरी अलिलि मात्र बाँडेर वाहिनीपति सुदर्शन रानालाई मिलाएर सबै आफ्नो पकेटमा हाल्न सफल भए । अहिले आउनु भएका नयाँ बाहिनीपतिले यो कुरा बुझ्दा भईहाल्यो । कारागार र अन्य पोष्टहरूमा बस्ने कसैले पनि चुनावको टीएडीए पाएनौं । गणका अफिसर सा’बहरूलाई त दिएनन् भने हामी अन्य दर्जालाई के दिन्थें ।
रसुवागढी र अपर सेन्जेन हाइड्रो पावरले गणलाई सुरक्षा वापत मासिक रु. ९ लाख भत्ता दिन्छ । रातविहान ड्यूटी गर्नेहरूलाई एकपैसा दिँदैनन् सबै रकम बाहिनीपतिलाई मिलाएर पकेटमा हाल्दै आएका छन् । रोलकलमा गुनासो र ‘रिपोर्ट गर्दा म चीफको गाउँले मान्छे । हाइड्रो पावर भएको ठाउँमा मिलाएर आएको नत्र मेरो पल्टन त महेन्द्र दल गण हो । जहाँ रिपोर्ट गर्छस् गर भन्छन् ।’
हाम्रा गणपतिकी छोरी स्कुटी दुर्घटनामा परेर दुःखद निधन भयो, आर्मी अस्पतालले उपचार नगरेकाले मेरो छोरीको निधन भएको भनेर सँधै रोलकलमा आफ्नै आर्मीको बद्ख्वाँई गर्ने गर्छन् ।
गणपतिकी श्रीमतीको सबै लुगाहरू समेत जवान सिपाहीलाई धुन लगाउँछन् । शान्ति सेना जाने जवानहरूसँग सुवेदार मेजरमार्फत २÷३ लाखसम्म रकम असुल्ने काम पनि हुने गरेको छ । गणका हामी ७÷८ सय स्टाफ सबै पीडित भएका छौं ।
टीएडीए रकम पनि दिँदैनन् अकाउन्टेन्ट सुबेदार सापलाई भन्यो भने कर्साबको निर्देशन नै यस्तै छ भनेर टार्छन् । पोष्टहरूमा जाने, आउने भाडा पनि डिउटीवाला स्वयम्ले खल्तीबाट हाल्नु पर्ने । आर्मी हेडक्वार्टरले हाम्रो पीरमर्का बुझोस् । तत्काल छानबिन होस् ।
–कालीजड्ड गण धुन्चेका पीडित सेनाहरू, रसुवा




