🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हातमा बेरिएको कोब्रालाई टोकेरै मारिदिए बालकले 

छत्तिसगढ, २१ कात्तिक । भारतका एक आठ वर्षीय बालकले आफ्नो हातलाई बेरेर टोक्ने कोब्रालाई  मारेका छन् । छत्तीसगढ क्षेत्रको दुर्गम पाण्डरपाड गाउँमा दीपक नामले चिनिने बालकलाई २०७९ कात्तिक २१ गते सोमबार सर्पले आक्रमण गरेको थियो । आफ्नो परिवार घर बाहिर खेलिरहेको बेला कोब्राले टोकेको थियो । पीडासँग लड्दै दीपकले क्रोधित भएर आफ्नो हात हल्लाए तर कोब्राले छोडेन ।

अन्ततः आत्तिएका बालकले सर्पको शरीरमा दाँतले टोकिदिए । ‘सर्पले मेरो हातमा बेरेर मलाई टोक्यो । मलाई ठूलो पीडा थियो,’ दीपकले न्यु इन्डियन एक्सप्रेसलाई भने, ‘हल्लाउन खोज्दा सर्प नहल्लिएपछि मैले यसलाई दुई पटक गहिरो ढंगले टोकेँ । ’

सर्पदंश भारतमा धेरै सामान्य छ । गत साता  प्रकाशित एक अध्ययनले सन् २०१९ मा उक्त राज्यमा ८५ प्रतिशतभन्दा बढी सर्पदंशका घटना बढेको देखाएको छ । टोकाइपछि दीपकको ज्यान जाने डरले उनका अभिभावकले उनलाई नजिकैको मेडिकल सेन्टरमा पु¥याएका थिए जहाँ उनलाई निगरानीमा राखिएको थियो ।

कोब्राले टोके पनि विष लगाइदिन भ्याइनसकेको परीक्षणका क्रममा चिकित्सकले फेला पारेका थिए । ’दीपकमा कुनै लक्षण देखा परेन र विषालु सर्पले प्रहार गर्दा सुक्खा टोकाइका कारण चाँडै निको भयो,’ सर्प विज्ञको भनाई उदृत गर्दै न्यु इन्डियन एक्सप्रेसले लेखेको छ ।